तीन दिनको अवधिमा सर्पको टोकाइबाट ताप्लेजुङमा ३ घाइते



ताप्लेजुङ । ताप्लेजुङमा लगातार ३ दिनको अवधिमा सर्पले डस्दा ३ जना घाइते भएका छन् । गत साउन ४ देखि ६ गते ताप्लेजुङका बिभिन्न स्थानका ३ जनालाई सर्पले डस्दा घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार साउन ४ गते पाथीभरा याङवरका गाउँपालिका १ नाङखोल्याङका ५२ वर्षीय भिमबहादुर राईलाई सर्पले डसेको थियो । राईलाई घर नजिकैको बारीमा काम सकेर घर फर्कने क्रममा दाहिने खुट्टामा डसेको प्रहरीको भनाई छ । राईलाई साउन ५ गते जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई सामान्य उपचार पछि थप उपचारका लागि सर्पदंश उपचार केन्द्र आर्मी ब्यारेक चारआली झापा रेफर गरिएको छ ।

यस्तै साउन ५ गते ताप्लेजुङको मेरिङदेन गाउँपालिका १ थिङलाबुमा एक बृद्धालाई सर्पले डसेको छ । घर आँगनमा उम्रिएको झार उखेल्ने क्रममा गुर्बे सर्पले डस्ता ८२ वर्षीया फुलमाया लिम्बु घाइते भएका हुन् । सर्पले लिम्बूको बाँया हातको माझी औँलामा डसेको थियो । उहाँलाई हिजो जिल्ला अस्पतालमा ल्याई उपचार जारी राखिएको छ ।

साउन ६ गते जिल्लाको फुङलिङ नगरपालिका १० फुरुम्बुमा सर्पले नै डसेर एक युवती घाईते भएका छन् । घर छेउको बारीमा घाँस काट्ने क्रममा सर्पले डस्दा २४ वर्षीया सृजना राई घाइते भएको प्रहरीले बताएको छ । सर्पले राईको टाउकोको भागमा टोकेको बताइएको छ । राईको पनि जिल्ला अस्पतालमा सामान्य उपचारपछि सर्पदंश उपचार आर्मी ब्यारेक चारआली झापा रेफर गरिएको प्रहरीले जनाएको छ ।

गर्मीयाम सुरुसँगै ताप्लेजुङमा सर्पले डसेका घटनाहरु वृद्धि हुने क्रममा रहेका छन् । जिल्लामै सर्पदंश उपचार केन्द्र नभएकाले यहाँका बिरामीहरु उचार गर्न झापा जान बाध्य भएका छन् ।

प्रकाशित मिति : 3:57 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ