उपाध्यक्ष डा.माबोको डोलीभर्ना कथासंग्रह सार्वजनिक



ताप्लेजुङ। सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष एवं साहित्यकार डा.चित्र माबोको पहिलो कथासंग्रह डोलीभर्ना शुक्रबार (आज) सार्वजनिकभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा आज एक कार्यक्रमका बिच कथासंग्रह सार्वजनिक भएको हो। प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीलगायतले संयुक्त रुपमा कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक गर्नुभएको हो । सो कथासंग्रहमाथि प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले वक्ताका रुपमा आफ्नो धारणा राख्नु भएको छ।

नेपाली साहित्यमा विद्यावारिधी गर्नुभएका माबोले पुर्वी पहाडको जनजीवन, बर्षौदेखिको सामाजिक सद्भाव, लिम्बू जातिको पवित्र मुन्धुम, सस्कार, संस्कृतिदेखि समसामयिक विषय समेत टिपेर लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित रहेको बताउनुभएको छ । सो कथा संग्रहलाई सांग्रीला बुक्सले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १३:१०

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको