एक वर्षमा २ लाख ३१ हजार बढी तिर्थयात्री पाथीभरामा आए



ताप्लेजुङ। प्रसिद्ध तिर्थस्थल पाथीभरामा गत आर्थक वर्षमा २ लाख ३१ हजारबढी दर्शनार्थी मन्दिर पुगेका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना तिर्थयात्री पाथीभरा मन्दिर पुगेका हुन् ।

३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको मन्दिरमा एक वर्षको अवधिमा स्वदेश तथा विदेशका बिभिन्न स्थानका लाखौँ तिर्थयात्रीहरु पाथीभरा मन्दिर आएको पाथीभरा क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ ३ सय ६५ दिननै दर्शनार्थीहरु मन्दिर दर्शन, अवलोकनका लागि आउने गरेका छन् । यस क्षेत्रबाट मन्दिर दर्शन मात्र नभई बिश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा, फक्ताङलुङ लगायतको विभिन्न हिमश्रृङखलाको समेत अवलोकन गर्न पाईने भएकाले थप भक्तजनको घुँईचो लाग्ने गरेको छ ।

मन्दिर दर्शनका लागि कात्तिक–मंसिर, चैत्र–वैशाख लगायतको महिनामा अत्याधिक मात्रामा दर्शनार्थी आउने गरेको समितिको तथ्याङ्ककमा उल्लेख छ । गत आर्थिक वर्षको चैत्रमा सबैभन्दा बढी ५२ हजार ४ सय ५५ जना भक्तजन मन्दिर पुगेका छन् । समितिका अनुसार एकैदिन ८ हजार बढी तिर्थयात्रीले मन्दिर दर्शन गरेको तथ्याङ्क पनि रहेको छ । सबैभन्दा कम साउनमा १ हजार १ सय २१ जना आएको बताइएको छ । साउनमा बिशेष गरि वर्षायामका कारण बाढी पहिरोको जोखिम हँदा कम मानिसमात्रै हिड्डुल गर्ने भएकाले तिर्थयात्रीको संख्या पनि कम मात्रा पाइएको समितिले जनाएको छ ।

गत आर्थिक वर्षका भदौमा ५ हजार जना, असोजमा १० हजार ३ सय ४३, कात्तिकमा ४९ हजार १ सय ६३, मंसिरमा २० हजार ४ सय १७ र पुषमा ५ हजार ५५ जनाले दर्शन गरेका छन् । त्यस्तै माघमा ६ हजार ४ सय १, फागुनमा १७ हजार ९ सय १२, वैशाखमा ५१ हजार ८ सय ४, जेठमा ८ हजार ३ सय ७ र असारमा २ हजार ७ सय ५६ जना तिर्थयात्री पाथाीभरा पुगेको समितिको भनाई छ ।

मन्दिर दर्शनका लागि आउने भक्तजनहरुको संख्या गणनाका लागि समितिले माथिल्लो फेदीमा कर्मचारीको व्यवस्थापन गरेको छ । मन्दिर आउने भक्तजनको संख्या दैनिक रुपमा समितिले राख्दै आएको छ ।

असारमा २० लाख बढी भेटी गणना
यस्तै असार महिनामा पाथीभराको करिब साढे २० लाख रुपैयाँ भेटी गणना गरिएको छ । कार्यकारी निर्देशक हाङबाङका अनुसार असारमा २० लाख ४४ हजार ९ सय रुपैयाँ भेटी गणना गरि बैँकमा जम्मा गरिएको छ । गत मंसिरदेखि समितिले प्रत्येक महिनाको भेटी सार्वजनिक गर्दै आईरहेको छ । एक आर्थिक वर्षको आयव्याय भने केहीदिन पछि सार्वजनिक गर्ने तयारी समितिको रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ०४:४९

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान

मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो

ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द

आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको

प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 

ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ