आगामी भाद्र ३ गतेदेखि ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण सञ्चालन हुने



ताप्लेजुङ । आगामी भाद्र ३ गतेदेखि ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण सञ्चालन हुने भएको छ । शुक्रबार बसेको लाखेजात्रा सञ्चालन समितिको बैठकले भाद्र ३ देखि १० गतेसम्म खेल खेलाउने गरि निर्णय गरेको हो । 

भानुजन माध्यमिक विद्यालयको प्राङगणमा सञ्चालन हुने खेलमा जिल्लाका एक टिम सहित जिल्ला बाहिरका प्रतिष्ठित क्लब तथा खेलाडीलाई सहभागी गराउने समितिले निर्णय गरेको छ । लाखेजात्राको अवसरमा निरन्तर रुपमा सञ्चालन हुँदै आएको गोल्डकप पुरस्कार राशि बढाउने विषयमा भने आज छलफल नभएको समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार छलफलका क्रममा प्रवेश नपाएका एजेन्डाहरुमाथि अब केही दिनभित्रै नै पुन बैठक बसेर थप निर्णय गर्ने गरि आजको बैठक समापन गरिएको छ । अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ आयोजना गरिदै आएको खेलकुद प्रतियोगिता विभिन्न नाममा सञ्चालन हुँदै आएको छ । यस प्रतियोगितालाई गत वर्षदेखि भने ताप्लेजुङ गोल्डकप नाम दिएर सञ्चालन गरिदै छ ।

प्रकाशित मिति : 1:38 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि