ताप्लेजुङको सिरिजङ्गामा खाजा खाईरहेका बेला घर भत्किँदा ६ घाईते



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खाजा खाईरहेको अवस्थामा घर भत्किँदा ६ जना घाईते भएका छन् । पािलकाको हप्पुखोला बस्तीमा मंगलबार साँझ घर भत्किदा खाजा खाई रहेका ६ जना घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) रवि रावलका अनुसार घाईते हुनेहरुमा सिरीजङ्गा गापा–०२ आम्बेगुदिनका बर्ष ४३ का खड्ग बहादुर बाँनिया, बानियाँकी श्रीमति बर्ष ३८ की जानुका बानियाँ, ३० वर्षीया सुविना बानियाँ, वर्ष २८ का खेमराज अधिकारी, वर्ष ५३ की तिलमाया बि.क. र प्रकाश वि.क.को छोरा वर्ष १० को रोहित वि.क रहेका छन् ।
खड्ग बहादुर र जानुकाको शरिरका विभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको छ भने सुविनाको पनि शरिरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भिर रहेको छ ।

त्यस्तै खेमराजको दाहिने खुट्टा भाँचिएको र अवस्था गम्भिर रहेकोले थप उपचारका लागि झापा रेफर गरिएको डीएसपी रावलले जानकारी दिनुभयो । तिलमाया र प्रकाश वि.कको छोरा रोहितको हात र खुट्टामा चोट लागेको छ । घाईते पाँच जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

स्थानीय सुमन लिम्बूले बन्धकीमा लिएको प्रेमबहादुर राई (हाल बेलायतमा बसोबास गर्ने) को ढुङ्गा, माटो, टिन र खरले बनेको दुईतल्ले घर खेतालालाई खाजा खुवाउने क्रममा भत्किएको हो । घर भत्किए पछि घर भित्र खाजा खाई रहेका मानिसहरु घरले थिचिएका थिए। अस्थाई प्रहरी चौकी खाम्दिम्बेका प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घरभित्र पुरिएका मानिसको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको हो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार ०४:३९

थुङ्थापको सिन्धकाली आधारभूत विद्यालयमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. १ थुङ्थापमा रहेको

मंगलबार एकैदिन ६ हजार बढीे दर्शनार्थी पुगे पाथीभरा मन्दिर

रेडियो काबेलीताप्लेजुङ । नवरात्रको समय सुनसान जस्तै बनेको पाथीभरा मन्दिरको

फुङलिङमा खुकुरी देखाएर आतङ्कित गर्न खोज्ने दुईजना पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा खुकुरी देखाएर आतङ्कित गर्न खोज्ने दुईजनालाई

ताप्लेजुङमा भन्सार छलिकोे सिक्किमे मदिरा सहित दुई जना पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा भन्सार छलिको २ लाख रुपैँयाको सिक्किमे

रास्वपा ताप्लेजुङद्धारा पार्टी सभापति लामिछानेको रिहाई माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश

रेडियो काबेलीताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सम्पर्क कार्यालय ताप्लेजुङले