राते खोलामा आएको बाढीले लेलेपको ट्रस पुल बगायो



ताप्लेजुङ । अविरल वर्षासँगै राते खोलामा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा ट्रस पुल बगाएको छ । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार शनिबार बेलुका उक्त पुल बगाएको हो ।

पुल बाढीले बगाएपछि कञ्चनजंघा आधार शिविर घुन्सा आवतजावतमा समस्या भएको छ । फक्ताङलुङ गाउँपालिकाले पुल निर्माण र आवतजावतका लागि समन्वय गर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा बहने नदीहरूमा पानीको सतह बढे पनि अन्य स्थानमा क्षति नभएको रावलले जानकारी दिए ।

ताप्लेजुङमा अहिलेसम्म बाढी र पहिरोका कारण २६ घरमा पूर्ण क्षति पुगेको छ । ४५ घर उच्च जोखिममा रहेका र ८१ घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । तााप्लेजुङमा अहिलेसम्म बाढी-पहिरोमा पाँच जनाको ज्यान गइसकेको छ ।

अहिलेसम्म अस्थायी र पक्की गरी तीनवटा पुलमा क्षति पुगेको छ । ekantipur.com

प्रकाशित मिति : २३ असार २०८१, आईतवार १३:५१

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको