आगामी आवमा बेरुजुलाई शून्यमा झार्ने योजनामा फक्ताङ्लुङ गाउँपालिका



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र बेरुजु शून्य बनाउने योजना बनाएको छ । गाउँपालिकाले हाल देखिएको बेरुजुलाई फर्स्योट गर्दै आगामी आवमा बेरुजुलाई शून्यमा झार्ने योजना बनाएको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको यस वर्षको प्रतिवेदन अनुसार असुल गर्नुपर्ने १९ लाख १० हजार रुपियाँ बेरुजु रकम असुल गर्न पत्राचार भइसकेको र सो बेरुजु रकम असुलीको क्रममा सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति०का अनुसार बेरुजु घटाउँदै शून्य बताउने र थप बेरुजु बढ्न नदिनेगरी योजना बनाई कार्यान्वयन सुरु भएको छ ।

फक्ताङ्लुङ गाउँपालिकाको हालसम्मको बेरुजु रकम पाँच करोड ५७ लाख रुपियाँ रहेको छ । उक्त रकममध्ये पाँच करोड आठ लाख रुपियाँ बेरुजु रकमको प्रमाण वा कागजात पेस गर्नुपर्ने प्रकृतिको रहेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । बेरुजु रकम फर्स्योटका लागि गाउँपालिकाको तर्फबाट आवश्यक प्रमाण तथा कागजात जुटाउने कार्य थालेको लिम्बूले बताउनुभयो ।

उहाँका अनुसार प्रमाण ९कागजात० पेस गर्नुपर्ने प्रकृतिको बेरुजु रकमको ठुलो हिस्सा विगतका वर्षहरूबाट नै कायम हुँदै आएको र आर्थिक वर्ष २०७८र७९ को आयव्यय विवरणमा बैङ्क हिसाब र सूत्र प्रविष्टिमा भएको समस्याका कारण देखिएको छ । बैङ्क हिसाब र पालिकाको सूत्र प्रविष्टिको समस्याका कारण तीन करोड ७६ लाख रुपियाँ हिसाब मिलान गर्नुपर्ने बेरुजु रहेकोसमेत गाउँपालिकाले जनाएको छ ।

कुल बेरुजु रकमको एक करोड ८१ लाख रुपियाँ छुटेका कागजात पेस गर्दा फर्स्योट हुने भएकोले यसतर्फ पनि पालिकाले आवश्यक प्रक्रिया सुरु गरेको अध्यक्ष लिम्बूले बताउनुभयो । त्यस्तै नियमित नभएको ३० लाख ५१ हजार रुपियाँ बेरुजु रकम फर्स्योटका लागि पनि प्रक्रिया सुरु भइसकेको गाउँपालिकाले जनाएको छ ।

बेरुजु फर्स्योट गर्न सुरु भएको योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै आगामी आवभित्र बेरुजुलाई शून्यमा झार्ने गाउँपालिकाले लक्ष्य राखेको छ । गोरखापत्र अनलाइन

प्रकाशित मिति : 11:54 am

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती