पाथीभरा मन्दिर क्षेत्रको अनुगमन सँगै गरियो वृक्षारोपण 



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) क्षेत्रमा स्थलगत अनुगमन तथा वृक्षारोपण गरिएको छ । पाथिभरा क्षेत्र विकास समितिको आयोजनामा शुक्रबार विभिन्न सरोकारवालाहरूको उपस्थितिमा अनुगमन तथा वृक्षारोपणको कार्य गरिएको हो । 

जिल्ला समन्वय समितिका उप–प्रमुख कृष्ण लिङखिमको प्रमुख आतिथ्यतामा मन्दिर परिषरको अनुगमन तथा आसपासका क्षेत्रमा बिरुवाहरू रोपिएको छ । समितिले मन्दिर क्षेत्र आसपासलाई हरियाली बनाउन तथा सुन्दरतालाई कायम गर्न हरेक वर्ष वृक्षारोपणको कार्यलाई निरन्तरता दिदैँ आएको छ । 

३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर आसपासमा विशेष गरेर यस वर्ष धूपीका बिरुवाहरू रोपिएको कार्यकारी निर्देशक प्रजिन हाङबाङको भनाई छ । उहाँका अनुसार वृक्षारोपण अभियान अन्तर्गत समितिले यस वर्ष करिब १ हजारभन्दा बढी बिरुवाहरू रोपेको छ । 

रोपिएको विरुवाहरुलाई संरक्षण तथा मलजल गर्नका लागि समितिका कर्मचारीहरू खटाइने हाङबाङले बताउनुभयो । अनुगमनको क्रममा मन्दिर परिसरमा अधिकांस क्षेत्रको व्यवस्थापन मजबुद ढंगले भएको पाइएको जिल्ला समन्वय समितिका उप–प्रमुख लिङखिमको भनाई थियो । समितिले यसअघि गत मंसिर १५ गते समेत सर्बपक्षिय अनुगमनको आयोजना गरेको थियो ।

सो अनुगमनपछि प्राप्त भएको सल्लाह–सुझावको आधारमा मन्दिर क्षेत्रको व्यवस्थापन गरिएको अध्यक्ष रक्की थेवेले बताउनुभयो । मुक्कुम्लुङ संघर्ष समितिले पनि केही दिन अगाडि माथिल्लो फेदीदेखि मन्दिर परिसरसम्म वृक्षारोपण गरेको छ । संघर्ष समितिले उक्त क्षेत्रमा २० हजार बिरुवा रोपेको छ । केबलकार निर्माण लागि रुख कटान गरिएको क्षेत्रमा संघर्ष समितिले वृक्षारोपण गरेको हो ।  

प्रकाशित मिति : 2:38 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर