आगामी आर्थिक वर्षको बजेटः तप्लेजुङका कुन स्थानीय तहको कति ?




एलिना दियाली

ताप्लेजुङ । देशैभरका स्थानीय तहले असार १० गते आगामि आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट सार्वजनिक गरेका छन् । केहि स्थानीय तहले १० गते अघि नै गरेका थिए भने अधिकाँश स्थानीय तहले असार १० गते सोमबार बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को धारा ७१ मा बजेट पेश र पारित गर्ने उल्लेख छ भने धारा ७१ को (१) मा उपाध्यक्ष,उपप्रमूख वा कार्यपालिकाले तोकेको कार्यालयको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र ब्ययको अनुमान कार्यालयबाट स्विकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्नेछ । सभामा पेश भएको कार्यक्रम तथा बजेट असार मसान्तभित्रमा पास गरिसक्नुपर्नेछ । सोही अुनसार ताप्लेजुङका नौ वटै स्थानीयले बजेट सार्वजनिक गरेका छन् । दुई स्थानीय तहले यस अघि र ७ स्थानीय तहले सोमबार बजेट प्रस्तुत गरेका हुन् । जस अनुसार सबैभन्दा बढी फुङलिङ नगरपालिकाले सबैभन्दा बढी ६६ करोड ७६ लाख ७३ हजार ५ सय ५१ रुपैयाँ र सबैभन्दा कम मिक्वाखोला गाउँपालिकाको ३७ करोड ४७ लाख ३२ हजार रुपैँया बजेट सार्वजनिक गरेको छ । हेर्नुस पालिकागत बजेट विवरणः

फुङलिङ नगरपालिकाको कुल बजेट ६६ करोड ७६ लाख बढि,शिक्षालाई प्राथमिकता
फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ६६ करोड ७६ लाख बढिको बजेट सभामा पेश गरेको छ । नगरपालिका उपप्रमुख भिमादेवी ओझाले नगर सभाको १६औं अधिवेशनमा ६६ करोड ७६ लाख ७३ हजार ५ सय ५१ रुपैयाँ बराबरको बजेट पेश गर्नुभएको हो । जसमा चालु खर्च तर्फ ४६ करोड ७ लाख ८२ हजार ५ सय ५१ रुपैयाँ र पूँजीगततर्फ २० करोड ६७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

क्षेत्रगत विनियोजन बजेट तर्फ कुल बजेटको सामाजिक विकास तर्फ ३६ करोड ३५ लाख ५५ हजार ६९०, पूर्वाधार तर्फ १० करोड ५५ लाख, आर्थिक विकास तर्फ २ करोड १३ लाख ५५ हजार ९०० सुशासन र अन्तरसम्बन्धित क्षेत्र तर्फ १७ करोड ७२ लाख ६१ हजार ९५१ रुपैयाँ विनियोजन गरिएको छ ।

उक्त खर्चहरूका लागि वित्तिय समानीकरण अनुदान संघीय सरकारबाट १४ करोड ८५ लाख, राजश्व बाँडफाँड संघीय सरकारबाट ९ करोड ७८ लाख ६९ हजार ५५१, सशर्त अनुदान संघीय सरकारबाट ३० करोड ६७ लाख ५५ हजार रुपैयाँ बेहोर्ने अनुमान गरिएको छ ।

यस्तै विषेश अनुदान संघीय सरकारबाट १ करोड ५० लाख, समपूरक अनुदान संघीय सरकारबाट १ करोड, वित्तिय समानीकरण अनुदान प्रदेश सरकारबाट ९५ लाख ९१ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ३ लाख ६४ हजार बेहोर्ने छ ।
साथै प्रदेश समपूरक अनुदानबाट १ करोड ३० लाख, प्रदेश सशर्त अनुदानबाट १ करोड ५९ लाख ९४ हजार र आन्तरिक स्रोतबाट ३ करोड ७६ लाख रुपैयाँ बेहोर्ने अनुमान गरिएको उपप्रमुख ओझाले बताउनुभयो ।

सिरिजङ्घाको बजेट ५३ करोड भन्दा बढी
सिरिजङ्घा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागी ५३ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार पालिकाको केन्द्र तल्लोकमा उपाध्यक्ष डाक्टर चित्र मावोले ५३ करोड ७७ लाख २९ हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो ।
गाउँपालिकाको चालुतर्फ खर्च ९ करोड २४ लाख ४३ हजार ८ सय, आर्थिक विकासतर्फ २ करोड, सामाजिक विकासतर्फ ३ करोड ७३ लाख ९८ हजार २ सय रुपैँया, पुर्वाधार विकासतर्फ ४ करोड २५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १ करोड २० लाख, समपुरक कोषतर्फ ९० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।

आठराई त्रिबेणीको कुल बजेट ५० करोड ५४ लाख
आठराई त्रिबेणी गाउँपालिकाले आगाी आर्थिक बर्ष २०८१÷८२ का लागि ५० करोड ५४ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र हाङपाङमा पालीका उपाध्यक्ष सान्ताकुमारी आङबुहाङले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले बित्तीय समानीकरण अनुदानतर्फ १० करोड ९४ लाख १५ हजार, बित्तीय समानीकरणतर्फ संघीय सरकारबाट प्राप्त १० करोड ३० लाख तथा प्रदेश सरकारबाट ६४ लाख १५ हजार रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

व्ययतर्फ राजश्व बाँडफाँडतर्फको ७ करोड ९ लाख रुपैयाँ चालू तर्फ संघीय सरकारबाट प्राप्त १ करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त १ करोड रुपैयाँ गरी कूल २ करोड ५० लाख पूर्वाधार निर्माणका लागि खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ ।साथै संघीय सरकारबाट प्राप्त २० करोड १९ लाख ५ हजार र प्रदेश सरकारबाट प्राप्त ५१ लाख ५० हजार रकम सर्त अनुसार खर्च गर्नेगरी बिनियोजन गरिएको छ ।

पाथीभरा याङवरक गाउँपालिका ४६ करोड बढी
पाथीभरा याङवरक गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१÷८२ का लागि ४६ करोड बढी बजेट सभामा पेश गरेको छ । गाउँपालिकाको केन्द्र थेचम्बुमा उपाध्यक्ष रनमाया गुरुङले ४६ करोड ७७ लाख ९८ हजार रुपैँयाको बजेट सभामा पेश गर्नु भएको हो ।

फक्ताङलुङको बजेट ४६ करोड
फक्ताङलुङ गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१÷८२ का लागि ४६ करोड रुपैँयाको बजेट गाउँसभामा पेश गरेको छ । गाँपालिकाको केन्द्र तापेथोकमा सोमबार उपाध्यक्ष विकास लिम्बु (रविन)ले उक्त बजेट पेश गर्नु भएको हो । जसमा संघिय सरकारतर्फ वित्तिय समानीकरण अनुदान ९ करोड ६० लाख, सशर्त अनुदान १९ करोड ८० लाख ८६ हजार, राजस्व बाँडफाडतर्फ १० करोड ५८ लाख, विशेष अनुदान ५० लाख रुपैँया प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ५८ लाख १८ हजार, प्रदेश राजस्व बाँडफाडतर्फ १ करोड २८ लाख ५३ हजार, प्रदेश समपुरक अनुदान १ करोड तथा सशर्त अनुदान १ करोड १६ लाख ४९ हजार तथा गाउँपालिकाको आन्तरिक आम्दानी ४५ लाख १० हजार साथै चालु आर्थिक वर्षको अनुमानति अल्या १ करोड २ लाख ८४ हजार रुपैँया गरि कुल ४६ करोड रुपैँया आय हुने अनुमान गरिएको छ ।

मैवाखोला गाउँपालिकाको बजेट ४५ करोड, एमविविएस अध्ययन छात्रवृत्तिमा १५ लाख दिईने
मैवाखोखोला गाउँपालिकाले आइतबार आयोजित आर्थिक वर्ष २०८१÷८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँ बरावरको बजेट सभामा पेश गरेको छ । गाउँपालिकाको केन्द्र वडा नं.–३ साँघुमा आयोजित १५औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष कमल कुमारी लिम्बुले उक्त बजेट र कार्यक्रम पेश गर्नु भएको हो । चालुतर्फ २६ करोड ५० लाख ९८ हजार २ सय ३२ रुपैयाँ र पुँजीगततर्फ १८ करोड ६८ लाख ५४ हजार ८ सय रुपैयाँ छ ।

गाउँपालिकाको चालु आ.व. २०८० ८१ को बजेट ३७ करोड ५४ लाख २२ हजार थियो । चालुतर्फ पुँजीगतभन्दा ७ करोड ८२ लाख ४३ हजार ४ सय ३२ रुपैयाँ बढि हो । गाउँपालिका उपाध्यक्ष लिम्बुले पेश गर्नु भएको कार्यक्रम तथा बजेट अन्तर्गत सामाजिक विकास समितिका लागि २ करोड ४ लाख ७९ हजार ७ सय ९० रुपैयाँ रहेको छ । स्वास्थ्य तथा पोषण कार्यक्रममा ७४ लाख ४७ हजार ७ सय रुपैयाँ छ । खानेपानी तथा सरसफाईमा ३ करोड ७१ लाख ५० हजार ८ सय रुपैयाँ र युवा तथा खेलकुद शिर्षकमा ७५ लाख विनियोजन गरेको छ ।

लक्षित वर्ग तथा सामाजिक समावेशीकरणअन्तर्गत ७९ लाख ४३ हजार ८ सय ४२ रुपैयाँ छ ।भाषा,कला,साहित्य,संस्कृति तथा सम्पदा संरक्षणमा २ लाख,आयूर्वेदतर्फ ५ लाख ५० हजार र आर्थिक विकास समितिअन्तर्गत कृषि विकास कार्यक्रमका लागि ८७ लाख ९९ हजार विनियोजन गरिएको छ । एमविविएस अध्यनका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरि विद्यार्थी आफैँले सिक्दै कमाउँदै कार्यक्रम (वाली विज्ञान सञ्चालित विद्यालयमा) ३ लाख विनियोजन गरेको छ ।

बाल विकास सहयोगी,विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको तलब भत्ताका लागि ५५ लाख,शैक्षिक क्यालेन्डरमा १ लाख,अतिरिक्त क्रियाकलापमा ८ लाख र शेर्पा भाषा र आनिपान पठनपाठनका लागि ३ लाख रुपैयाँ छ । यसैगरि कक्षा–८ का लागि अतिरिक्त कक्षा सञ्चालन गर्न १० लाख,स्मार्ट पि.टी. कार्यक्रम ३ लाख ४० हजार,मैवाखोला मा.वि. नमुना विकास कार्यक्रम तथा प्र.अ.भक्तामा १० लाख र विद्यालय प्रशासन खर्चमा ५ लाख ६० हजार विनियोजन गरेको छ ।

कक्षा–५ र ८ को वार्षिक परिक्षा गर्न ३ लाख,उत्कृष्ट शिक्षक,विद्यार्थी र विद्यालयलाई पुरस्कारवापत १ लाख रहेको छ । मन्टेश्वरी तालिममा ३ लाख,शिक्षाको रणनीतिक योजना निर्माण गर्न १० लाख,आवश्यकतामा आधारित तालिम गर्न ५ लाख तथा स्थानिय पाठ्यक्रम संशोधन गर्न ५ लाख विनियोजन गरेको छ । शिक्षकहरुको जीवनउपयोगी सिप क्षमता अभिवृद्धि तालिम तेस्रो चरणका लागि १ लाख र कक्षा सञ्चालन सहजकर्तामा २ लाख १२ हजार विनियोजन गरेको छ ।

विद्यार्थी सहयोग कार्यक्रम गर्न ११ लाख ८८ हजार ३ सय ९० रुपैयाँ,अभिभावक शिक्षा कार्यक्रममा १ लाख र वाल उद्यान निर्माण गर्न ४ लाख विनियोजन गरेको छ । पुशपंछि विकास कार्यक्रमका लागि २२ लाख ५० हजार,सहकारी क्षेत्र विकास कार्यक्रमका लागि ४ लाख,उद्योग,व्यवसाय एवंम उद्यम विकास कार्यक्रमका लागि ४९ लाख रुपैयाँ छ । यसैगरि पर्यटन विकासका लागि ३४ लाख,श्रम तथा रोजगार कार्यक्रमअन्तर्गत अध्यक्ष रोजगार कार्यक्रमका लागि ६० लाख,प्रधानमन्त्री रोजगार कार्यक्रममा ४७ लाख ४८ हजार र पूर्वाधार विकास समितिअन्तर्गत सडक तथा पुल पुलेसा निर्माण तथा मर्मतमा २ करोड ५७ लाख ५० हजार विनियोजन गरेको छ ।

भवन तथा वस्ती विकासअन्तर्गत ८ करोड ७५ लाख र सूचना संञ्चार र प्रविधिमा २० लाख रहेको छ । वन,वातावरण तथा व्यवस्थापन समितिअन्तर्गत वन तथा जैविक विविधता संरक्षणमा ३ लाख २१ हजार ९ सय रुपैयाँ छ । भु तथा जलाधार व्यवस्थापनअन्तर्गत १ लाख ५० हजार,वातावरण स्वच्छता फोहोरमैला व्यवस्थापनअन्तर्गत ६ लाख र विपद व्यवस्थापन तथा जलवायू अनुकुलन सम्बन्धि कार्यक्रमका लागि १८ लाख रहेको छ । यसैगरि सुसासन तथा संस्थागत विकास समितिअन्तर्गत ७ करोड १० लाख ३८ हजार रकम विनियोजन गरेको छ ।

सिदिङ्वा गाउँपालिकाको बजेट ४२ करोड
. सिदिङ्वा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ४२ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ ।पालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी करणीयाले ४२ करोड ६४ लाख १५ हजार ७ सय २० रुपैँया ४० पैसाको बजेट पेश गर्नु भएको हो । जसमध्ये आन्तरिक स्रोतबाट ३४ लाख ९० हजार, संघिय सरकार समानिकरण अनुदान ९ करोड ६९ लाख, प्रदेश समानिकरण अनुदान ५९ लाख ५१ रुपैँया, संघिय सरकार सर्शत अनुदान चालुतर्फ १७ करोड २२ लाख ३४ हजार, सशर्त पुँजिगत अनुदान ४५ लाख आय हुने अनुमान गरिएको छ ।


त्यस्तै संघिय सरकार विशेष अनुदान १ करोड १० लाख, प्रदेश सरकार समपुरक अनुदान पुँजिगततर्फ ९५ लाख, संघिय र प्रदेश सरकार समपुरक अनुदान ५० लाख ३५ हजार रुपैँया आय हुने अनुमान गरिएको उपाध्यक्ष कणरियाले बताउनुभयो ।
उक्त बजेटको व्ययतर्फ आर्थिक विकासतर्फ ८१ लाख ७० हजार, सामाजिक विकासतर्फ ३ करोड ४८ लाख ५९ हजार ४ सय, पुर्वाधार विकासतर्फ ७ करोड ६१ लाख हजार ३ सय २० रुपैँया, वन तथा वातावरणतर्फ ५२ लाख २० हजार रुपैँया, सुसासन तथा संस्थागत, १ करो १९ लाख ४० हजार रुपैँया र प्रशासनिकतर्फ ८ करोड ७८ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।
..
मेरिङदेन गाउँपालिकाको बजेट ४० करोड
मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट ४० करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङबाङले ४० करोड २० लाख ३० हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो । जसमा वितिय समानिकरण अनुदान संघीय सरकारतर्फ १० करोड १ लाख, सशर्त अनुदान संघीय सरकार चालुतर्फ १७ करोड ९० लाख,संघीय शसर्त पुँजीगत अनुदान ७४ लाख, संघीय विशेष अनुदान ५० लाख, राजश्व बाँडफाड संघीय विभाज्यकोषमा ७ करोड ९७ लाख रुपैँयमा आय हुने अुनमान गरिएको छ ।

वित्तिय समानिकरण अुनदान प्रदेशतर्फ ६१ लाख ८६ हजार, सशर्त अनुदान प्रदेशतर्फ ५२ लाख ८३ हजार, प्रदेश सरकार समपुरक अनुदान ९६ लाख सवारी साधन कर बाँडफाड ३३ लाख ६१ हजार, गत आर्थिक वर्षको मौजदात १२ लाख, आन्तरिक स्रोत ५२ लाख रुपैँया आय हुने अनुमान गरिएको छ । उक्त बजेटको व्ययतर्फ सामाजिक विकासका लागि २ करोड ४४ लाख ५० हजार, आर्थिक विकासतर्फ ३५ लाख, पुर्वाधार विकासतर्फ ९ करोड २३ लाख ३६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रशासनिक, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ८ करोड ३० लाख ६१ हजार, संघिय शसर्त चालुतर्फ १७ करोड ९० लाख, संघीय शसर्त पुँजीगततर्फ १ करोड २४ लाख, प्रदेश सशर्त चालुतर्फ १७ लाख ८३ हजार, प्रदेश सर्शत पुँजीगततर्फ ३५ लाख, प्रदेश समपुरकतर्फ ९६ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।


मिक्वाखोला गाउँपालिकाको बजेट ३७ करोड
मिक्वाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ३७ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार उपाध्यक्ष डण्डु लामाले ३७ करोड ४७ लाख ३२ हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो । जसमा चालुतर्फ ८ करोड ५२ लाख ८९ हजार, सशर्त अनुदानतर्पm १३ करोड ५६ लाख ७४ हजार रुपैँया रहेको छ ।
त्यस्तै पुँजीगततर्फ ८ करोड ६६ लाख १८ हजार, विशेष अनुदान २ करोड ९० लाख, समपुरक अनुदान २ करोड ३० लाख रुपैँया र आन्तरिक आय ३८ लाख रुपैँया हुने अनुमान गरिएको उपाध्यक्ष लामाले बताउनुभयो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १५:४४

फुङलिङ ८ मा बाढीले मेचि राजमार्ग अवरुद्ध

रेडियो काबेली ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा ८ स्थित बैशाखे

ओलाङचुङगोलामा पहिरोले काठे पुल बग्यो

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा

पाथीभरा केबलकारमा शतप्रतिशत स्थानीयलाई रोजगारी दिने चन्द्र ढकालको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङको पाथीभरा

मिडिया ट्रायल, सहकारी र नेपाली राजनीति

ई. वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ । नेपालमा सहकारी संस्था ठगीको मुद्दा

वाईसिएलको आयोजनामा ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई गरिने

रेडियो काबेलीताप्लेजुङ । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) को आयोजनामा जिल्लाको