सिदिङ्वा गाउँपालिकाको बजेट ४२ करोड




ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ४२ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार पालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी करणीयाले ४२ करोड ६४ लाख १५ हजार ७ सय २० रुपैँया ४० पैसाको बजेट पेश गर्नु भएको हो ।

जसमध्ये आन्तरिक स्रोतबाट ३४ लाख ९० हजार, संघिय सरकार समानिकरण अनुदान ९ करोड ६९ लाख, प्रदेश समानिकरण अनुदान ५९ लाख ५१ रुपैँया, संघिय सरकार सर्शत अनुदान चालुतर्फ १७ करोड २२ लाख ३४ हजार, सशर्त पुँजिगत अनुदान ४५ लाख आय हुने अनुमान गरिएको छ ।

त्यस्तै संघिय सरकार विशेष अनुदान १ करोड १० लाख, प्रदेश सरकार समपुरक अनुदान पुँजिगततर्फ ९५ लाख, संघिय र प्रदेश सरकार समपुरक अनुदान ५० लाख ३५ हजार रुपैँया आय हुने अनुमान गरिएको उपाध्यक्ष कणरियाले बताउनुभयो ।

उक्त बजेटको व्ययतर्फ आर्थिक विकासतर्फ ८१ लाख ७० हजार, सामाजिक विकासतर्फ ३ करोड ४८ लाख ५९ हजार ४ सय, पुर्वाधार विकासतर्फ ७ करोड ६१ लाख हजार ३ सय २० रुपैँया, वन तथा वातावरणतर्फ ५२ लाख २० हजार रुपैँया, सुसासन तथा संस्थागत, १ करो १९ लाख ४० हजार रुपैँया र प्रशासनिकतर्फ ८ करोड ७८ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 2:45 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि