सिदिङ्वा गाउँपालिकाको बजेट ४२ करोड




ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ४२ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार पालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी करणीयाले ४२ करोड ६४ लाख १५ हजार ७ सय २० रुपैँया ४० पैसाको बजेट पेश गर्नु भएको हो ।

जसमध्ये आन्तरिक स्रोतबाट ३४ लाख ९० हजार, संघिय सरकार समानिकरण अनुदान ९ करोड ६९ लाख, प्रदेश समानिकरण अनुदान ५९ लाख ५१ रुपैँया, संघिय सरकार सर्शत अनुदान चालुतर्फ १७ करोड २२ लाख ३४ हजार, सशर्त पुँजिगत अनुदान ४५ लाख आय हुने अनुमान गरिएको छ ।

त्यस्तै संघिय सरकार विशेष अनुदान १ करोड १० लाख, प्रदेश सरकार समपुरक अनुदान पुँजिगततर्फ ९५ लाख, संघिय र प्रदेश सरकार समपुरक अनुदान ५० लाख ३५ हजार रुपैँया आय हुने अनुमान गरिएको उपाध्यक्ष कणरियाले बताउनुभयो ।

उक्त बजेटको व्ययतर्फ आर्थिक विकासतर्फ ८१ लाख ७० हजार, सामाजिक विकासतर्फ ३ करोड ४८ लाख ५९ हजार ४ सय, पुर्वाधार विकासतर्फ ७ करोड ६१ लाख हजार ३ सय २० रुपैँया, वन तथा वातावरणतर्फ ५२ लाख २० हजार रुपैँया, सुसासन तथा संस्थागत, १ करो १९ लाख ४० हजार रुपैँया र प्रशासनिकतर्फ ८ करोड ७८ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 2:45 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य