सम्पादकको योग्यता पुनरावलोकनको तयारी



काठमाडौँ। प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ । डिजिटलसहित विभिन्न सञ्चार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यक देखि प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो ।

प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको छ । तर, सञ्चार माध्यमको सम्पादकीय नेतृत्व गर्ने सम्पादकको योग्यतामा फेरबदल भएको छैन । सोहीकारण हामीले त्यसको योग्यता र मापदण्ड पुनरावलोकन प्रक्रिया थालेका हौँ, अध्यक्ष बस्नेतले मङ्गलबार नयाँ अनलाइन, युट्युब, सञ्चार माध्यमका सञ्चालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखिकरण कार्यक्रममा भन्नुभयो ।

पत्रकारलाई गल्ती गर्ने छुट नभएकोतर्फ हरदम ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले मानवीय कमजोरीले यदाकदा गल्ती भए क्षमायाचना सहित सच्याउन सधै अग्रसर हुन सुझाव समेत दिनुभयो । अभिमुखिकरणमा आचारसंहिताको पाटोमा कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक विजय पौडेल र विभिन्न सञ्चार निर्देशिका एवं अनुगमनबारे काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको थियो ।

पत्रकार पौडेलले भ्युअर्स बढाइ केही कमाउने लोभमा पत्रकारिता सक्नतिर कोही पनि लाग्न नहुने बताउनुभयो । पत्रकार आचारसंहिता र पत्रकारिताको धर्म पालना गर्दै अघि बढेमा युट्युबसहित सामाजिक सञ्जालको सदुपयोग हुने उहाँको सुझाव थियो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १३:२५

फुङलिङ ८ मा बाढीले मेचि राजमार्ग अवरुद्ध

रेडियो काबेली ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा ८ स्थित बैशाखे

ओलाङचुङगोलामा पहिरोले काठे पुल बग्यो

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा

पाथीभरा केबलकारमा शतप्रतिशत स्थानीयलाई रोजगारी दिने चन्द्र ढकालको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङको पाथीभरा

मिडिया ट्रायल, सहकारी र नेपाली राजनीति

ई. वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ । नेपालमा सहकारी संस्था ठगीको मुद्दा

वाईसिएलको आयोजनामा ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई गरिने

रेडियो काबेलीताप्लेजुङ । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) को आयोजनामा जिल्लाको