फुङलिङमा शिक्षालाई प्राथमिकता 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि शिक्षा क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । नगर सभाको १६औं अधिवेशनमा बजेट पेश गर्दै नगर उप प्रमुखले शिक्षा क्षेत्रमा ३० करोड ५२ लाख बजेट विनियोजन गर्नुभएको हो । 

यस्तै यातायात तथा पूर्वाधार क्षेत्रमा ८ करोड ९० लाख, स्वास्थ्य क्षेत्रमा ४ करोड २७ लाख, र कृषि तर्फ १ करोड २१ लाख ५५ हजार २६० रुपैयाँ विनियोजन भएको छ । 

भवन आवास तथा शहरी विकास तर्फ ८७ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फ ७४ लाख, सम्पदा पूर्वाधार तर्फ ४२ लाख र सञ्चार तथा सूचना प्रविधि तर्फ ३६ लाख बजेट विनियोजन गरिएको छ । 

भाषा तथा संस्कृति तर्फ ३५ लाख, जलश्रोत तथा सिँचाइ तर्फ २५ लाख, खानेपानी तथा सरसफाइ क्षेत्रमा २४ लाख ५५ हजार ६ सय ९० रुपैयाँ, पशुपन्छी विकास तर्फ २४ लाख ५० हजार ६६० रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

युवा तथा खेलकुद तर्फ २३ लाख, उद्योग तर्फ २२ लाख ५० हजार र पर्यटन तर्फ २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

प्रकाशित मिति : १० असार २०८१, सोमबार १५:२४

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन