फुङलिङमा शिक्षालाई प्राथमिकता 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि शिक्षा क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । नगर सभाको १६औं अधिवेशनमा बजेट पेश गर्दै नगर उप प्रमुखले शिक्षा क्षेत्रमा ३० करोड ५२ लाख बजेट विनियोजन गर्नुभएको हो । 

यस्तै यातायात तथा पूर्वाधार क्षेत्रमा ८ करोड ९० लाख, स्वास्थ्य क्षेत्रमा ४ करोड २७ लाख, र कृषि तर्फ १ करोड २१ लाख ५५ हजार २६० रुपैयाँ विनियोजन भएको छ । 

भवन आवास तथा शहरी विकास तर्फ ८७ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फ ७४ लाख, सम्पदा पूर्वाधार तर्फ ४२ लाख र सञ्चार तथा सूचना प्रविधि तर्फ ३६ लाख बजेट विनियोजन गरिएको छ । 

भाषा तथा संस्कृति तर्फ ३५ लाख, जलश्रोत तथा सिँचाइ तर्फ २५ लाख, खानेपानी तथा सरसफाइ क्षेत्रमा २४ लाख ५५ हजार ६ सय ९० रुपैयाँ, पशुपन्छी विकास तर्फ २४ लाख ५० हजार ६६० रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

युवा तथा खेलकुद तर्फ २३ लाख, उद्योग तर्फ २२ लाख ५० हजार र पर्यटन तर्फ २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

प्रकाशित मिति : 3:24 pm

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि