गिता पालुङ्वाको “हङकङ चाईना भाग–३” सार्वजनिक




ताप्लेजुङ । भाषा,धर्म,संस्कृति बचाउ अभियान्ता गिता पालुङ्वाको “हङकङ र चाईना भाग–३” म्युजिकल फिल्म सार्वजनिक भएको छ । गिता पालुङ्वा अफिसियल च्यानलमा म्युजिकल पालाम “हङकङ चाईना भाग–३” को सार्वजनिक गरिएको हो ।

हङकङलाई लामो समय देखि कर्म थलो बनाएर निरन्तर आफ्नो भाषा,धर्म,संस्कृति बचाउ अभियानमा अहोरात्र लागिरहनु भएकी अभियान्ता गिता पालुङ्वाको निर्माण तथा शब्द रहेको उक्त म्युजिकल फिल्म चोकफुङ इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा तयार भएको हो ।

लोकेन साँबाले निर्देशिन गर्नु भएको म्युजिकल फिल्ममा मनु नेम्बाङ, शीवकुमार सम्बाहाङफेको स्वर, श्याम आङ्लाको संगीत संयोजन,अशोक कुमार राई (लोहोरुङ) को ब्यागराउन्ड म्युजिक, सुनय मान श्रेष्ठको डबिङ साउन्ड डिजाइन रहेको छ ।

भिडियोमा प्रेम सुब्बा, मनु नेम्बाङ, गीता पालुङ्वा,उदय बेघा, सलमान थलङ, धनजीत साँबा, निरोज लिबाङ, बिमला ईवारम, नैना कला वनेम, रत्न लावति लिङ्देन, मन माया आङ्बुहाङ लगायतका कलाकारहरुको अभिनय छ ।

प्रकाशित मिति : 4:04 pm

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी

सिरिजङ्घा गाउँपालिकाद्धारा निर्माण कार्यमा प्रगति नभएपछि दुई ठेक्का सम्झौता अन्त्य

सौगात विष्टताप्लेजुङ, साउन २ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण