मैवाखोला गाउँपालिकाको बजेट ४५ करोड, एमविविएस अध्ययन छात्रवृत्तिमा १५ लाख दिईने



रेडियो काबेली

ताप्लेजुङ । मैवाखोखोला गाउँपालिकाले आइतबार आयोजित आर्थिक वर्ष २०८१÷८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँ बरावरको बजेट सभामा पेश गरेको छ । गाउँपालिकाको केन्द्र वडा नं.–३ साँघुमा आयोजित १५औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष कमल कुमारी लिम्बुले उक्त बजेट र कार्यक्रम पेश गर्नु भएको हो । चालुतर्फ २६ करोड ५० लाख ९८ हजार २ सय ३२ रुपैयाँ र पुँजीगततर्फ १८ करोड ६८ लाख ५४ हजार ८ सय रुपैयाँ छ ।

गाउँपालिकाको चालु आ.व. २०८० ८१ को बजेट ३७ करोड ५४ लाख २२ हजार थियो । चालुतर्फ पुँजीगतभन्दा ७ करोड ८२ लाख ४३ हजार ४ सय ३२ रुपैयाँ बढि हो । गाउँपालिका उपाध्यक्ष लिम्बुले पेश गर्नु भएको कार्यक्रम तथा बजेट अन्तर्गत सामाजिक विकास समितिका लागि २ करोड ४ लाख ७९ हजार ७ सय ९० रुपैयाँ रहेको छ । स्वास्थ्य तथा पोषण कार्यक्रममा ७४ लाख ४७ हजार ७ सय रुपैयाँ छ । खानेपानी तथा सरसफाईमा ३ करोड ७१ लाख ५० हजार ८ सय रुपैयाँ र युवा तथा खेलकुद शिर्षकमा ७५ लाख विनियोजन गरेको छ ।

लक्षित वर्ग तथा सामाजिक समावेशीकरणअन्तर्गत ७९ लाख ४३ हजार ८ सय ४२ रुपैयाँ छ ।भाषा,कला,साहित्य,संस्कृति तथा सम्पदा संरक्षणमा २ लाख,आयूर्वेदतर्फ ५ लाख ५० हजार र आर्थिक विकास समितिअन्तर्गत कृषि विकास कार्यक्रमका लागि ८७ लाख ९९ हजार विनियोजन गरिएको छ । एमविविएस अध्यनका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरि विद्यार्थी आफैँले सिक्दै कमाउँदै कार्यक्रम (वाली विज्ञान सञ्चालित विद्यालयमा) ३ लाख विनियोजन गरेको छ ।

बाल विकास सहयोगी,विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको तलब भत्ताका लागि ५५ लाख,शैक्षिक क्यालेन्डरमा १ लाख,अतिरिक्त क्रियाकलापमा ८ लाख र शेर्पा भाषा र आनिपान पठनपाठनका लागि ३ लाख रुपैयाँ छ । यसैगरि कक्षा–८ का लागि अतिरिक्त कक्षा सञ्चालन गर्न १० लाख,स्मार्ट पि.टी. कार्यक्रम ३ लाख ४० हजार,मैवाखोला मा.वि. नमुना विकास कार्यक्रम तथा प्र.अ.भक्तामा १० लाख र विद्यालय प्रशासन खर्चमा ५ लाख ६० हजार विनियोजन गरेको छ ।


कक्षा–५ र ८ को वार्षिक परिक्षा गर्न ३ लाख,उत्कृष्ट शिक्षक,विद्यार्थी र विद्यालयलाई पुरस्कारवापत १ लाख रहेको छ । मन्टेश्वरी तालिममा ३ लाख,शिक्षाको रणनीतिक योजना निर्माण गर्न १० लाख,आवश्यकतामा आधारित तालिम गर्न ५ लाख तथा स्थानिय पाठ्यक्रम संशोधन गर्न ५ लाख विनियोजन गरेको छ । शिक्षकहरुको जीवनउपयोगी सिप क्षमता अभिवृद्धि तालिम तेस्रो चरणका लागि १ लाख र कक्षा सञ्चालन सहजकर्तामा २ लाख १२ हजार विनियोजन गरेको छ ।

विद्यार्थी सहयोग कार्यक्रम गर्न ११ लाख ८८ हजार ३ सय ९० रुपैयाँ,अभिभावक शिक्षा कार्यक्रममा १ लाख र वाल उद्यान निर्माण गर्न ४ लाख विनियोजन गरेको छ । पुशपंछि विकास कार्यक्रमका लागि २२ लाख ५० हजार,सहकारी क्षेत्र विकास कार्यक्रमका लागि ४ लाख,उद्योग,व्यवसाय एवंम उद्यम विकास कार्यक्रमका लागि ४९ लाख रुपैयाँ छ ।


यसैगरि पर्यटन विकासका लागि ३४ लाख,श्रम तथा रोजगार कार्यक्रमअन्तर्गत अध्यक्ष रोजगार कार्यक्रमका लागि ६० लाख,प्रधानमन्त्री रोजगार कार्यक्रममा ४७ लाख ४८ हजार र पूर्वाधार विकास समितिअन्तर्गत सडक तथा पुल पुलेसा निर्माण तथा मर्मतमा २ करोड ५७ लाख ५० हजार विनियोजन गरेको छ । भवन तथा वस्ती विकासअन्तर्गत ८ करोड ७५ लाख र सूचना संञ्चार र प्रविधिमा २० लाख रहेको छ । वन,वातावरण तथा व्यवस्थापन समितिअन्तर्गत वन तथा जैविक विविधता संरक्षणमा ३ लाख २१ हजार ९ सय रुपैयाँ छ । भु तथा जलाधार व्यवस्थापनअन्तर्गत १ लाख ५० हजार,वातावरण स्वच्छता फोहोरमैला व्यवस्थापनअन्तर्गत ६ लाख र विपद व्यवस्थापन तथा जलवायू अनुकुलन सम्बन्धि कार्यक्रमका लागि १८ लाख रहेको छ ।

यसैगरि सुसासन तथा संस्थागत विकास समितिअन्तर्गत ७ करोड १० लाख ३८ हजार रकम विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार असार २८ गते अर्को सभाको बैठक आव्हान गरिएको छ । उक्त सभाबाट कार्यक्रम संसोधन गर्न सकिने अध्यक्ष वनेमले बताउनुभयो ।

गाउँपालिकाले जेठ २५ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । स्थानिय सरकार सञ्चालन ऐन,२०७४ को धारा ७१ मा बजेट पेश र पारित गर्ने उल्लेख छ । धारा ७१ को (१) मा उपाध्यक्ष,उपप्रमूख वा कार्यपालिकाले तोकेको कार्यालयको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र ब्ययको अनुमान कार्यालयबाट स्विकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्नेछ । सभामा पेश भएको कार्यक्रम तथा बजेट असार मसान्तभित्रमा पास गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति : १० असार २०८१, आईतवार १४:०५

प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्न फक्ताङलुङद्धारा प्रकोप व्यवस्थापन कोष स्थापना

रेडियो काबेलीताप्लेजुङ । प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्न फक्ताङलुङ गाउँपालिकाले

फक्ताङलुङमा बाढी पहिरोले ३ हप्तादेखी यातायात बन्द, स्थानीय विद्युत र संचारबाट समेत बञ्चित

एलिना दियालीताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकामा बाढी पहिरोले गर्दा तिन हप्तादेखी

पाथीभरा मन्दिर क्षेत्रको अनुगमन सँगै गरियो वृक्षारोपण 

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) क्षेत्रमा स्थलगत अनुगमन

मेरिङेदन ४ लिङ्तेपमा समीक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ४ नं. वडा कार्यालय लिङ्तेपले

मेरिङदेनले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम