मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते



झापा । झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मेचीनगर –१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। मेचीनगर –१५ लालझोडा स्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

मोटरसाइलकमै सवार रहेका मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र २१ वर्षीय विवेक दनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार ०५:३८

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको