मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते



झापा । झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मेचीनगर –१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। मेचीनगर –१५ लालझोडा स्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

मोटरसाइलकमै सवार रहेका मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र २१ वर्षीय विवेक दनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : 5:38 am

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै