मैवाखोला १ र मेरिङदेन गाउँपालिका जोड्ने झोलुङ्गे पुलको काम अन्तिम चरणमा



ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नं. १ सुर्बिरे र मेरिङदेन गाउँपालिका जोड्ने झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । मैवाखोला गाउँपालिका र टि भि एस यू हेल्प स्टार नेपालको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

पुलको निर्माण कार्य उपभोक्ता समिति मार्फत हुँदै आएको छ । उपभोक्ता समितिले असारको १० गते सम्म काम सक्ने गरि पुल निर्माणका लागि गाउँपालिका सङ्ग सम्झैता गरेको थियो । उक्त पुलको लम्बाई ८५ मिटर रहेको छ । पुलको कुल लागत ४६ लाख ३ हजार ३ सय ९० रुपैयाँ रहेको छ । 

गत सालको असार २ गते आएको बाढीले उक्त स्थानमा रहेको झोलुङ्गे पुल बगाएको थियो । यो पुल मैवाखोलामा थापिएको मध्ये सबैभन्दा पुरानो पुल पनि हो।

प्रकाशित मिति : 6:13 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य