दोभान आँखा उपचार केन्द्रद्वारा आफ्नै भवनबाट सेवा प्रदान गर्न सुरु



ताप्लेजुङ । ताप्लेजुङको दोभान आँखा उपचार केन्द्रले आफ्नै भवनबाट सेवा प्रदान गर्न सुरु गरेको  छ । मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक साझेदारीमा दोभान बजारमा सञ्चालित उक्त उपचार केन्द्रले आफ्नै भवनबाट सेवा प्रदान गर्न सुरु गरेको हो । 

कोशी प्रदेश सरकारले नेपाल नेत्रज्योति संघ ताप्लेजुङ मातहत सञ्चालित दोभान आँखा उपचार केन्द्रको भवन निर्माण कार्य पूरा गरिदिएपछि केन्द्रले आफ्नै भवन मार्फत उपचार सेवा प्रारम्भ गरेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार कार्यालयका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन सहित नवनिर्मित भवनबाटै आँखा स्वास्थ्य सेवा प्रारम्भ भएको हो । 

प्रकाशित मिति : 1:42 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई