ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङ्पामा आइतबारबाट ७ दिने उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । नेतृत्व तथा क्षमता विकासका लागि महिला उत्थानका लागि प्रगतिशील मञ्चको आयोजनामा उक्त तालिम सुरु भएको हो ।
तालिममा आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि सहित २८ जनाको सहभागिता रहेको महिला उत्थानका लागि प्रगतिशील मञ्च ताप्लेजुङका अध्यक्ष बविता पोमूले जानकारी दिनुभयो । असार १ गते सम्म चल्ने तालिमको पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा पत्रकार खगेन्द्र अधिकारीले सहजीकरण गर्नुहुनेछ ।
नेतृत्व क्षमता विकासका लागि तालिम प्रदान गरिएकोले तालिम प्रति उच्च लगाव र मेहनेत लगाउन सहभागीलाई पालिका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) ले आग्रह गर्नु भएको छ । यस्तै उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले नेतृत्व क्षमतामा सुधार ल्याउन तालिमको आयोजना गरिएको बताउँनुभयो ।
क्षमता र ज्ञान बेगर नेतृत्व विकास सम्भव नहुने देखेर पालिकाले उक्त तालिमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईको भनाई छ ।
प्रतिक्रिया