आठराई त्रिवेणीमा ७ दिने उद्घोषण तथा भाषणकला तालिम सुरु



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङ्पामा आइतबारबाट ७ दिने उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । नेतृत्व तथा  क्षमता विकासका लागि महिला उत्थानका लागि प्रगतिशील मञ्चको आयोजनामा उक्त तालिम सुरु भएको हो । 

तालिममा आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि सहित २८ जनाको सहभागिता रहेको महिला उत्थानका लागि प्रगतिशील मञ्च ताप्लेजुङका अध्यक्ष बविता पोमूले जानकारी दिनुभयो । असार १ गते सम्म चल्ने तालिमको  पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा पत्रकार खगेन्द्र अधिकारीले सहजीकरण गर्नुहुनेछ । 

नेतृत्व क्षमता विकासका लागि तालिम प्रदान गरिएकोले तालिम प्रति उच्च लगाव र मेहनेत लगाउन सहभागीलाई पालिका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) ले  आग्रह गर्नु भएको छ । यस्तै उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले नेतृत्व क्षमतामा सुधार ल्याउन तालिमको आयोजना गरिएको बताउँनुभयो । 

क्षमता र ज्ञान बेगर नेतृत्व विकास सम्भव नहुने देखेर पालिकाले उक्त तालिमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईको भनाई छ । 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १३:४५

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट