ताप्लेजुङ र पाँचथरका सुरक्षा प्रमुखले अपराध नियन्त्रणका कार्यमा सहकार्य गर्ने



ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरका सुरक्षा प्रमुखले अपराध नियन्त्रणका कार्यमा सहकार्य गर्ने भएका छन् । सीमा जोडिएको जिल्ला ताप्लेजुङ र पाँचथरका सुरक्षा प्रमुखको बैठकले अपराध नियन्त्रण सहितका कार्यमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको हो ।

दुई जिल्लाको सिमाना पाँचथरको अमरपुर काबेलीमा बिहीबार सुरक्षा प्रमुखको समन्वय बैठक बसेको हो । उक्त बैठकबाट अपराध नियन्त्रण लगायतका कार्यमा आपसी समन्वय र सहकार्य गर्ने निष्कर्षमा पुगेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रजिअ आचार्यका अनुसार लागूऔषध, चोरी पैठारी नियन्त्रण लगायतका सवालमा दुवै जिल्लाका सुरक्षा निकायले सहकार्यमा काम गर्ने सहमति भएको छ । पछिल्लो समय लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको क्रम बढिरहेको बेला यसलाई उच्च निगारानीमा राखेर ताप्लेजुङ प्रहरीले संलग्नलाई पक्राउ गर्ने र अनुसन्धान गर्दै आइरहेको छ ।

खैरोहिरोइन, प्रतिबन्धित ट्यापलेटसहित लागूऔषध मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङसम्म ल्याएर प्रयोग तथा कारोबार गर्ने गरिएको प्रहरीले जनाएको छ । यस्ता अपराधजन्य क्रियाकलापको दुवै जिल्लाका तर्फबाट उच्च निगरानी राखेर काम गर्ने निर्णय भएको प्रजिअ आचार्यले बताउनुभयो ।

उहाँकाअनुसार बर्खायाम सुरु भएकाले मनसुनजन्य बिपत्का घटनामासमेत सहकार्य गर्ने बैठकमा छलफल भएको छ ।gorkhapatraonline.com

प्रकाशित मिति : 1:35 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य