ताप्लेजुङ र पाँचथरका सुरक्षा प्रमुखले अपराध नियन्त्रणका कार्यमा सहकार्य गर्ने



ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरका सुरक्षा प्रमुखले अपराध नियन्त्रणका कार्यमा सहकार्य गर्ने भएका छन् । सीमा जोडिएको जिल्ला ताप्लेजुङ र पाँचथरका सुरक्षा प्रमुखको बैठकले अपराध नियन्त्रण सहितका कार्यमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको हो ।

दुई जिल्लाको सिमाना पाँचथरको अमरपुर काबेलीमा बिहीबार सुरक्षा प्रमुखको समन्वय बैठक बसेको हो । उक्त बैठकबाट अपराध नियन्त्रण लगायतका कार्यमा आपसी समन्वय र सहकार्य गर्ने निष्कर्षमा पुगेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रजिअ आचार्यका अनुसार लागूऔषध, चोरी पैठारी नियन्त्रण लगायतका सवालमा दुवै जिल्लाका सुरक्षा निकायले सहकार्यमा काम गर्ने सहमति भएको छ । पछिल्लो समय लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको क्रम बढिरहेको बेला यसलाई उच्च निगारानीमा राखेर ताप्लेजुङ प्रहरीले संलग्नलाई पक्राउ गर्ने र अनुसन्धान गर्दै आइरहेको छ ।

खैरोहिरोइन, प्रतिबन्धित ट्यापलेटसहित लागूऔषध मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङसम्म ल्याएर प्रयोग तथा कारोबार गर्ने गरिएको प्रहरीले जनाएको छ । यस्ता अपराधजन्य क्रियाकलापको दुवै जिल्लाका तर्फबाट उच्च निगरानी राखेर काम गर्ने निर्णय भएको प्रजिअ आचार्यले बताउनुभयो ।

उहाँकाअनुसार बर्खायाम सुरु भएकाले मनसुनजन्य बिपत्का घटनामासमेत सहकार्य गर्ने बैठकमा छलफल भएको छ ।gorkhapatraonline.com

प्रकाशित मिति : 1:35 pm

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई