पत्रकार अधिकारी नेत्रज्योतिको केन्द्रीय सूचना तथा सञ्चार उपसमितिको सदस्यमा मनोनित



ताप्लेजुङ । नेपाल नेत्रज्योति संघ केन्द्रीय समितिले उज्यालो पोष्ट दैनिकका सम्पादक एवम् पत्रकार महासंघ ताप्लेजुङका पूर्वअध्यक्ष खगेन्द्र अधिकारीलाई केन्द्रीय सूचना तथा सञ्चार उपसमितिको सदस्यमा मनोनित गरेको छ । संघका केन्द्रीय प्रवक्ता द्रोणप्रसाद गुरागाइँको संयोजकत्वमा गठित ९ सदस्यीय समितिमा अधिकारी सदस्यमा मनोनित हुनुभएको हो ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापतिसमेत रहनुभएका अधिकारीलाई केन्द्रीय सूचना तथा सञ्चार उपसमितिको सदस्यमा मनोनित गरिएको लिखित पत्र प्राप्त भएको डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । डिचेन डोङगला नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङमा सञ्चालन गरेको आँखा उपचार केन्द्र हो ।

नेपाल नेत्रज्योति संघको केन्द्रीय सूचना तथा सञ्चार उपसमिति सदस्यहरूमा धादिङका डाक्टर मुरारी अधिकारी, दाङका लीला शाह, नवलपुरका विष्णु लम्साल, पर्साका राजन श्रीवास्तव, पाल्पाका राजेन्द्र लिगल र नेपाल नेत्रज्योति संघका आईटी स्पेसलिस्ट शैलेन्द्रमान सिंह रहनुभएको छ । समितिको सदस्य सचिवको जिम्मेवारी नेत्रज्योति संघ केन्द्रीय समितिका सञ्चार व्यवस्थापक कृष्ण भट्टराईलाई दिइएको छ ।

प्रकाशित मिति : 12:04 pm

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम