मनाइयो साहित्यकार जगमोहन शाक्यको जन्मजयन्ती



ताप्लेजुङ । ताप्लेजुङमा आज (बुधबार) साहित्यकार जगमोहन शाक्यको जन्मजयन्ती मनाइएको छ । उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको सभाहलमा साहित्यकार शाक्यको ९२ औँ जन्मजयन्ती मनाइएको हो । 

कञ्चनजङ्गा साहित्य प्रतिष्ठान ताप्लेजुङ र शाक्य मेडिकल हलको संयुक्त पहलमा जन्मजयन्ती मनाइएको प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार जन्मजयन्तीको अवसरमा ताप्लेजुङका प्रतिष्ठित साहित्य प्रेमीहरूले आ–आफ्ना रचना वाचन गरेका थिए ।  रचना बाचनकै क्रममा साहित्य प्रेमीहरूले स्वर्गीय शाक्यले नेपाली साहित्य तथा संगीत क्षेत्रमा पु¥याएको योगदानको चर्चा तथा स्मरण गरेका थिए । 

 साहित्यकार शाक्यले ‘उपहार’, ‘बाह्र मसला’, ‘हारेको सपना’, ‘जिन्दगीका फाँटहरू’, ‘मनका उच्चबास’ लगायतका कृतिहरू प्रकाशित गर्नुभएको थियो । उहाँले वि. सं. २०१० सालमा साहित्यिक यात्रालाई शुभारम्भ गर्नुभएको बताइएको छ । शाक्यले वि. संं. २०१५ सालमा ‘उपहार’, वि. सं. २०१८ सालमा ‘बाह्र मसला’, वि. सं. २०४९ सालमा ‘जिन्दगीका फाँटहरू’ लगायतका कृतिहरू प्रकाशन गर्नु भएको थियो । 

 वि. सं. १९९० साल जेठ १६ गते बुवा नरबहादुर शाक्य र आमा ललितमाया शाक्यको कोखबाट जन्मनुभएका साहित्यकार शाक्यको वि. सं. २०६६ सालमा निधन भएको थियो ।  

 कार्यक्रममा फुङ्लिङ नगरप्रमुख अमिर मादेन, निमित्त प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराई, स्वर्गीय साहित्यकार शाक्यका छोरा सुन्दरमोहन शाक्य तथा बुहारी सुष्मा शाक्य, ताप्लेजुङका साहित्यप्रेमी महानुभाव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ । 
 

प्रकाशित मिति : 2:19 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ