ताप्लेजुङमा दुई चरणमा आईपिभि खोप प्रदान गरिँदै, साढे छ हजार बालबालिका लाभान्वित हुने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । भोलिदेखि देशैभर सुरुहुने आईपिभि खोप अभियान अन्तर्गत ताप्लेजुङमा दुई चरणमा खोप प्रदान गरिदैछ । ९ ओटा स्थानीय तह रहेको ताप्लेजुङमा पहिलो चरणमा ४ ओटा पालिकामा र दोश्रो चरणमा ५ ओटा पालिकाका बालबालिकालाई आईपिभि खोप प्रदान गर्ने तयारी पुरा भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख कुलबहादुर पौडेलले बताउनुभयो ।

शनिबार फुुङलिङमा खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै सम्पुर्ण तयारी पुरा भएको प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका, सिदिङबा गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा भोलिदेखि सुरु हुने पहिलो चरणमा ३ हजार ७ सय ७६ जना बालबालिकालाई खोप लगाईदैछ ।

भोलिदेखि सुरु हुने अभियान जेठ १८ गतेसम्म जारी रहने स्वास्थ्या कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै जेठ २० देखि २५ गतेसम्म सञ्चालन हुने दोश्रो फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका, मैवाखोला गाउँपालिका र सिरीजंघा गाउँपालिकाका २ हजार ९ सय ७४ जना बालबालिकालाई खोप प्रदान गरिने बताइएको छ ।

अभियानामा २०७३ बैसाख देखि २०७५ साल असोजसम्म जन्मेका बालबालिकालाईे खोप लगाईने भएको छ । ९ ओटा पालिकाको बिभिन्न स्थानमा रहेका ३ सय ९८ ओटा विद्यालयलाई नै खोप केन्द्र निर्धारण गरी सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई खोप लगाउने तयारी भईरहेको छ । उक्त खोप अभियानमा १ सय २१ जना स्वास्थ्यकर्मी, ७ सय ९६ जना स्वयमसेवक परिचालन हुने प्रमुख पौडेलको भनाई छ ।

खोप नलगाए बालबालिकामा पोलियोमाईलाईटिस रोग लाग्ने दर अति जोखिम हुने भएकाले रोगबाट सुरक्षित हुन सबै बालबालिकालाई खोप लगाउन समेत कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : 1:01 pm

गौवध मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ 

ताप्लेजुङ, वैशाख ३० गते । गौवध मुद्दामा अदालतबाट दोषी ठहर भई

मेरिङदेन र मिक्वाखोलाका २७ जनालाई मेलमिलाप सम्बन्धी तालिम

ताप्लेजुङ, वैशाख ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला

तिनजुरे–मिल्के क्षेत्रमा पर्यटन तथा समन्वय कार्यक्रम सुरु 

ताप्लेजुङ, वैशाख २८ गते । जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा

तिनजुरे–मिल्के क्षेत्रमा दुईदिने पर्यटन तथा समन्वय कार्यक्रम हुँदै

ताप्लेजुङ, वैशाख २९ गते । तेह्रथुमको वसन्तपुरमा तिनजुरे–मिल्के–जलजले क्षेत्रको पर्यटन

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा