ताप्लेजुङ पर्यटन महोत्सव : खुल्ला पुरुष म्याराथन प्रतियोगितामा प्रथम भए होमलाल श्रेष्ठ



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालन भएको खुल्ला पुरुष म्याराथन प्रतियोगिताको प्रथम होमलाल श्रेष्ठ हुनु भएको छ । आर्मी क्लबका श्रेष्ठले उक्त प्रतियोगिताको निर्धारित दूरी ४ घण्टा ५ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथम हुनु भएको हो ।

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ सञ्चालन भएको उक्त महोत्सवको अवसरमा खुल्ला पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यस्तै दोस्रो लिक सुनुवार हुनु भएको छ । उहाँले ४ घण्टा १२ मिनेट ४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो हुनुभएको हो भने, पाँचथरका प्रताप थाम्सुहाङ तेस्रो हुनु भएको छ । उहाँले ४ घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गर्नु भएको छ । 

उक्त खुला पुरुष प्रतियोगिताका लागि फुङलिङ नगरपालिका वडा नं. ६ टुक्रे देखि पाथिभरा देवी मन्दिर पुगी पुन फर्की हुलाक कार्यलय छेउ कार्यक्रम सञ्चालन भएको स्थान सम्मलाई दूरी निर्धारण गरिएको थियो । 

प्रतियोगितामा प्रथम हुनेले १ लाख ५१ हजार १ सय ११, द्वितीयले १ लाख ११ हजार १ सय ११ तथा तृतीयले ५१ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सहभागी प्रतियोगी मध्ये उत्कृष्ट  १०औं स्थान सम्म आइपुग्नेलाई समान ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा जम्मा ११४ जना धावकको प्रतिस्पर्धी रहेको थियो । 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार ०५:४३

२४ औँ सशस्त्र प्रहरी दिवसमा ताप्लेजुङमा रहेर उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । “२४ औँ सशस्त्र प्रहरी दिवस २०८१” को

“चोरी” मानसिकअसन्तुलनको प्रतिफल

ई. वीरेन्द्र श्रेष्ठताप्लेजुङ । चोरी एउटा पुरानो र गम्भीर सामाजिक

मेरिङदेनको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मावि खाम्लुङलाई

ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको

नाटक “मुक्कुमलुङ” विश्वासको शक्ति युट्युबमा सार्वजनिक

काठमाडौं । डा.चित्र माबोको कथासंग्रह “डोलीभर्ना”मा आधारित नाटक मुक्कुमलुङ विश्वासको

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

रेडियो काबेली । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको