ताप्लेजुङ पर्यटन महोत्सव : खुल्ला पुरुष म्याराथन प्रतियोगितामा प्रथम भए होमलाल श्रेष्ठ



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालन भएको खुल्ला पुरुष म्याराथन प्रतियोगिताको प्रथम होमलाल श्रेष्ठ हुनु भएको छ । आर्मी क्लबका श्रेष्ठले उक्त प्रतियोगिताको निर्धारित दूरी ४ घण्टा ५ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथम हुनु भएको हो ।

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ सञ्चालन भएको उक्त महोत्सवको अवसरमा खुल्ला पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यस्तै दोस्रो लिक सुनुवार हुनु भएको छ । उहाँले ४ घण्टा १२ मिनेट ४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो हुनुभएको हो भने, पाँचथरका प्रताप थाम्सुहाङ तेस्रो हुनु भएको छ । उहाँले ४ घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गर्नु भएको छ । 

उक्त खुला पुरुष प्रतियोगिताका लागि फुङलिङ नगरपालिका वडा नं. ६ टुक्रे देखि पाथिभरा देवी मन्दिर पुगी पुन फर्की हुलाक कार्यलय छेउ कार्यक्रम सञ्चालन भएको स्थान सम्मलाई दूरी निर्धारण गरिएको थियो । 

प्रतियोगितामा प्रथम हुनेले १ लाख ५१ हजार १ सय ११, द्वितीयले १ लाख ११ हजार १ सय ११ तथा तृतीयले ५१ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सहभागी प्रतियोगी मध्ये उत्कृष्ट  १०औं स्थान सम्म आइपुग्नेलाई समान ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा जम्मा ११४ जना धावकको प्रतिस्पर्धी रहेको थियो । 

प्रकाशित मिति : 5:43 am

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी