ताप्लेजुङमा भएको अनिश्चितकालीन यातायात बन्द फिर्ता



ताप्लेजुङ । पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता भएको छ । गत बुधवार र बिहीबार यातायात बन्द आह्वान गरेको सो समूहले बन्दलाई निरन्तरता दिँदै शुक्रवारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेको थियो ।

सङ्घर्षरत समूह मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायतले मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा अनिश्चितकालीन गरेको यातायात बन्द आजबाट खुलेको हो । मेची राजमार्ग र तमोर कोरिडोर हुँदै सञ्चालन हुने लामो दूरीका सवारी साधन ठप्प हुँदा ताप्लेजुङबाट बाहिरिने र भित्रने यात्रुले यात्रा गर्न पाएका थिएनन् ।

यस्तै ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि ठप्प हुँदा स्थानीय यात्रु मारमा परेका थिए । यातायात बन्दले बिहीबारदेखि सुरु भएको पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवलाई पनि असर पुगेको थियो । पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण हुने भएपछि सङ्घर्ष समितिहरू सुरुदेखि नै विरोधमा उत्रिएको हो ।

सङ्घर्षरत समूहले आफ्नो माग विपरीत केबलकार परियोजनाको क्रियाकलाप सुरु गरेकोभन्दै यातायात बन्द आह्वान गर्दै थप आन्दोलित बनेको हो । केबलकार परियोजना पक्षले सोमबार निर्माण स्थल पाथीभरा क्षेत्रमा रुख कटान गरेको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएको चन्द्र ढकाल नेतृत्वमा रहेको पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति : 11:56 am

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित