ताप्लेजुङ पर्यटन महोत्सवमा खुल्ला पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता हुने



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा ताप्लेजुङ पर्यटन महोत्सव अन्र्तगत खुल्ला पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । आगामी जेठ ३ गते देखि ७ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा म्याराथन प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको हो ।  

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ करिब ५ दिन सम्म सञ्चालन हुने महोत्सवमा म्याराथन प्रतियोगिता मेलाको अन्तिम दिन हुने ताप्लेजुङ पर्यटन महोत्सव मूल आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार म्याराथनमा भाग लिने पुरुषले फुङलिङ बजारबाट पाथीभरा र धाबिकाहरुले काफ्लेपाटी पुगेर पुन फुङलिङ बजार आइपुग्नुपर्ने छ । 

म्याराथनमा पुरुष तर्फ प्रथम हुनेले १ लाख ५१ हजार १ सय ११, द्वितीयले १ लाख ११ हजार १ सय ११ तथा तृतीयले ५१ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । महिला तर्फको विजेता र उपविजेतालाई क्रमश ८१ हजार १ सय ११, र ५१ हजार १ सय ११ प्रदान गरिने आयोजकको भनाई छ । त्यस्तै तृतीय हुनेलाई ३१ हजार १ सय ११ रुपैयाँको व्यवस्था गरिएको छ । 

सहभागी प्रतियोगी मध्ये उत्कृष्ट  १०औं स्थान सम्म आइपुग्ने पुरुष तथा महिला दुवैलाई समान ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सञ्चालन हुन गइरहेको महोत्सवमा अन्य खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू रहेका छन् ।  गत २०७९ साल असोजमा भएको म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका थिए । 

कर्णाली स्पोर्ट्स क्लबबाट सहभागी तातोपानी गाउँपालिका–७ सर्मी जुम्लाका कुँवरले ४ घन्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका हुन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १२:४३

जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

रेडियो काबेलीताप्लेजुङ । जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

केबलकार विवादः निर्माण क्षेत्रको बाँकी रुख कटान, आन्दोलनरत समूहद्वारा सरकारले अन्याय गरेको गुनासो

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको निर्माण क्षेत्रको बाँकी

फक्ताङलु गाउँपालिकाले दियो सार्वजनिक बिदा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलु गाउँपालिकाले विहीबार सार्वजनिक बिदा दिएको छ

पाथीभरा मन्दिरको भेटि माघ महिनामा १० लाख बढि गणना

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका

सुनको मूल्य दुई हजार सात सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार