पाथीभरामा केबलकार बन्नु उपयुक्त रहेको माओवादी केन्द्र ताप्लेजुङको धारणा



ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउनु उपयुक्त रहेको नेकपा माओवादी केन्द्रले ताप्लेजुङले आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादीले केबलकार बन्नु उपयुक्त रहेको धारणा सार्वजनिक गरेको हो । 

पार्टीका जिल्ला संयोजक विष्णु कुमार लिम्बु (बिरु) र सचिव सागरमणि गौतमद्धारा हस्ताक्षरित विज्ञप्तिमा माओवादी केबलकारको बाधक नबन्ने कुरा उल्लेख गरिएको छ । जिल्लामा बन्न लागीरहेको पाथीभरा (मुकुम्लुङ) केबलकार निर्माणका लागि वाधक नबन्ने कुरा जानकारी गर्दै यस विषयमा स्थानीय सरकार, स्थानीय समुदायको सामाजिक रीति रिवाज, वातावरण निर्माण गरी केबलकार निर्माण गर्न उपयुक्त भएको विज्ञप्तिमा भनिएको छ । 

साथै केबलकार कम्पनीलाई पाथीभरा मन्दिर क्षेत्रको पवित्रता कायम राख्नलाई माथिल्लो स्थानमा होटल तथा मनोरञ्जनका कुनैपनि भौतिक संरचना निर्माण नगर्न सुझाब  दिइएको छ ।  व्यवसायी तथा दर्शनार्थीहरू र नागरिकहरूमा एकाधिकार नगरी, स्थानीय जनतालाई रोजगारीका अवसरहरू प्राथमिकता दिँदै राजश्व बाँडफाँडमा समेत पारदर्शिता देखाउन अनुरोध गरिएको छ । 

यस्तै अन्य सरोकारवालाहरुमा सहजको वातावरण निर्माण गरि केबलकार निर्माण गर्दा उपयुक्त हुने धारणा राखेको विज्ञप्तिमा जनाइएको छ । र, माओवादी केन्द्र पार्टी जहिलेपनि विकास निर्माणको पक्षमा रहेको उल्लेख गरिएको छ । 

पछिल्लो समय ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बन्नु हुन्छ र हुँदैन भन्ने विषयले चर्चा पाएको छ । केहीले बनाउनु हुँदैन भनेर  विरोध ¥याली निकालेका थिए भने केहीले बनाउनु पर्छ भनेर सद्भाव ¥यालि निकालेका थिए । यसैबीच माओवादी पार्टीको तर्फबाट आधिकारिक धारणा सार्वजनिक भएको हो ।

प्रकाशित मिति : 12:33 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण