पाँचथर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक



फिदिम। पाँचथर क्लबले गत फागुन १३ देखि १९ गतेसम्म फिदिममा सम्पन्न गरेको चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ।

फिदिममा पत्रकार सम्मेलन गर्दै क्लबले आयव्ययको विवरण सार्वजनिक गरेको हो। क्लबका अनुसार प्रतियोगितामा ४६ लाख ६४ हजार ६ सय ६० रुपियाँ आम्दानी भएको थियो। जसमध्ये ४५ लाख ३७ हजार ४ सय १० रुपियाँ खर्च भएको छ।

प्रतियोगिता सञ्चालनका क्रममा विभिन्न व्यक्ति, संस्था र सरकारी निकायबाट कवुलेको ७ लाख रुपियाँ उठ्न बाँकी छ भने पाँच लाख ७२ हजार भुक्तानी दिन बाँकी छ।

हालसम्म भएको आयव्याय सँगै उठ्न बाँकी रकममा भुक्तानी दिन बाँकी रकम घटाउँदा गोल्डकप सञ्चालनको सबै खर्च कटाएर एक लाख २८ हजार रुपियाँ बचत हुने स्पष्ट भएको पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिनुभयो।

क्लबले फागुन १३ देखि १९ सम्म फिदिममा चौंथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो। जहाँ नेपाल र भारतका आठ टिमले भाग लिएका थिए। गोरखापत्र

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार ०४:५८

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय