सुनचाँदीको भाउ घट्यो




काठमाडौं। सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज एकैदिन २ हजार ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ स्थिर रहेर अस्ति सोमवारजस्तै १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ७ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : 7:58 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन