उपनिर्वाचन : यी सवारीसाधन मात्र चल्न पाइने



भोलि मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्वाचन आयोग मापदण्ड तयार गरी तोकिएको भन्दा बाहेक सवारीसाधन चल्न नदिने भएको छ । वैशाख १५ गते शनिबार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा निर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि आयोगको मिति २०८१ वैशाख १० गतेको निर्णयबाट सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिइसकिएको आयोगले जनाएको छ।

निर्वाचनका दिन चल्न पाउने सवारीसाधनको विवरणः
क. बिरामी बोकेको एम्बुलेन्स,

ख. खानेपानीको ट्याङ्कर,

ग. दुध बोक्ने सवारी साधन,

घ. दमकल,

ङ. सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी गरिएका परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन,
च. दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन,

छ. शव वाहन,

ज. अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन,

झ. निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन,

ञ. फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन,

ट. तरकारी, फलफुल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधन,

ठ. कूटनीतिक नियोग, युएन एजेन्सी तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन,

ड. विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन,

ढ. सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन,

ण. आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।

प्रकाशित मिति : 7:30 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण