इलाम र बझाङमा भोलि हुने उपचुनावको सुरक्षाको काम पूरा




काठमाडौं । इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा क मा भोलि हुने उपचुनावको लागि सुरक्षा व्यवस्थापनको काम पूरा भएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले उपचुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो

चुनावको क्रममा देखिनसक्ने सुरक्षा चुनौतीलाई सुक्ष्म अध्ययन गरी आम मतदातालाई ढुक्क भएर आफ्नो अधिकार प्रदान गर्ने वातावरण निर्माणमा प्रहरी जुटेको उहाँले बताउनुभयो । प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको उहाँको भनाइ छ ।

उपचुनावका लागि दुई हजार तीन सय ८७ प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रहरीले इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : २३ बजे

सुनको भाउ घट्यो

काठाडौं । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा

विराटनगर । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै

कोशीमा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गर्दै

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दाबी

सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

काठमाडौं । अबदेखि सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । बुधबार सुनचाँदी मूल्य स्थिर भएको छ । यसदिन