इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द हुने




इलाम । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तीव्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो ।
बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ ।

सञ्चारकर्मीहरूका हकमा आफू कार्यरत सञ्चारमाध्यमको सिफारिस, सञ्चारमाध्यमको परिचय पत्र, सवारी साधनको ब्लु बुक र लाइसेन्सको फोटोकपी पेस गरेमा पास उपलब्ध गराइने निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदानको गोपनीयता भङ्ग नहुनेगरी फोटो, भिडियो लिन सकिने व्यवस्था गरिएको छ ।

एक सय ४९ मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृत गरी तीन सय सात जनालाई सक्रिय गराएको सर्वदलीय बैठकमा जानकारी गराइयो ।

कर्मचारीलाई मतदान केन्द्रमा पुगेपछि कसरी मतदानस्थल निर्माण गर्ने, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिको मतदान कसरी व्यवस्थापन गर्ने, मतपेटिका निर्माण, मतपेटिका देखिनेगरी कसरी राख्ने, मतदान सम्पन्न भएपछि तयार पारिने मुचुल्का, मतपोटिका बन्दलगायत विषयमा कर्मचारीहरूलाई तालिम दिइसकेको पनि जानकारी दिइयो ।

इलाम २ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र छन् । यो क्षेत्रमा इलाम नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिका गरी छ स्थानीय तहका ४२ वटा वडा छन् । यो क्षेत्रमा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष र अन्य दुई गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार १०:५०

जन्मदिनको अवसरमा फक्ताङलुङ उपाध्यक्ष लिम्बुले गरे मनसुन प्रभावितलाई खाद्यान्न वितरण

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन)

ताप्लेजुङमा मनाइयो सिसेक्पा तङ्नाममा

ताप्लेजुङ। साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले ‘सिसेक्पा तङ्नाम’ भन्ने गर्दछन्।

तोक्पेगोला पर्यटन तथा चौरी महोत्सव २०८१ साउन २५ गतेदेखी हुने

एलिना दियालीताप्लेजुङ । तोक्पेगोाल पर्यटन तथा चौरी महोत्सव २०८१ हुने

एक वर्षमा २ लाख ३१ हजार बढी तिर्थयात्री पाथीभरामा आए

ताप्लेजुङ। प्रसिद्ध तिर्थस्थल पाथीभरामा गत आर्थक वर्षमा २ लाख ३१

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। नेपाल आयल