स्वर्गीय मदन भण्डारीको जन्मघर मर्मतसम्भारको कार्य सुरु



ताप्लेजुङ ।  राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङ र अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङले संयुक्त रुपमा स्वर्गीय मदन भण्डारीको जन्मघरको सफाइ तथा मर्मतसम्भार कार्य सुरु गरेका छन् । लोकतन्त्र दिवसको अवसर पारेर ताप्लेजुङको मैवाखोलास्थित ढुङगेसाँघुमा रहेको उक्त घरलाई मर्मतसम्भार गर्न थालिएको हो । 

दुबै सङ्गठनका करिव ३०–३५ जना जनशक्तिमार्फत मर्मतसम्भार कार्य सुरु गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष बिबेक बानियाँले जानकारी दिनुभएको छ । उहाँका अनुसार आजबाट सुरु गरिएको उक्त कार्य तीन दिन भित्रमा सकिने तयारी रहेको छ । मर्मतसम्भार कार्य स्थानीय मजदुर, दुबै सङ्गठनका अगुवा तथा नेकपा एमालेका कार्यकर्ता मिलेर गरिएको हो ।

 घरको छानो पूर्ण रुपमा भत्काएर नयाँ लगाइने भएको छ भने भत्किएका र मकिएका काठहरू समेत फेरिने भएको छ । 

प्रकाशित मिति : 1:05 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण