सुनचाँदीको भाउ घट्यो , कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । उच्च विन्दुमा पुगेको सुनचाँदीको भाउमा गिरावट देखिएको छ । सोमबार सुन तोलामा नै एक हजार १०० रुपैयाँले सस्तिएको हो । यसका साथै, चाँदीको भाउ पनि यस दिन प्रतितोला ३५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

आइतबार सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ कायम रहेको थियो । शुक्रबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको थियो ।

साताको दोस्रो कारोबार दिन, चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार अघिल्लो कारोबार दिन, चाँदीको प्रतितोला २० रुपैयाँले बढेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : 6:34 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम