सुनचाँदीको भाउ घट्यो , कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । उच्च विन्दुमा पुगेको सुनचाँदीको भाउमा गिरावट देखिएको छ । सोमबार सुन तोलामा नै एक हजार १०० रुपैयाँले सस्तिएको हो । यसका साथै, चाँदीको भाउ पनि यस दिन प्रतितोला ३५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

आइतबार सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ कायम रहेको थियो । शुक्रबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको थियो ।

साताको दोस्रो कारोबार दिन, चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार अघिल्लो कारोबार दिन, चाँदीको प्रतितोला २० रुपैयाँले बढेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : 6:34 am

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान