पाँचौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको आयव्यय सार्वजनिक, आम्दानी कत्ति ?



ताप्लेजुङ । पाँचौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । बज्रगुरु मन्त्रजप मूल आयोजक समितिले शुक्रबार कार्यक्रमको आयव्यय सार्वजनिक गरेको हो । 

समितिका सदस्य सचिव पासाङ रिता शेर्पाका अनुसार यसवर्षको कार्यक्रममा ३० लाख ९२ हजार ८ सय ९८ रुपैयाँ मात्र दान–दक्षिणा स्वरुप रकम प्राप्त भएको छ । गत वर्षको अल्या रकम ३७ लाख ७३ हजार २ सय ६४ रुपैयाँ सहित ६८ लाख ६६ हजार १ सय ६२ रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ । कुल आम्दानीमध्ये ३८ लाख ३७ हजार २ सय ११ रुपैयाँ खर्च भएको छ । समितिले ३० लाख २८ हजार ९ सय ५१ रुपैयाँ बचत गर्न सफल भएको सदस्य सचिव शेर्पाको भनाई छ । बचत रकम आगामी वर्षमा आयोजना गरिने मन्त्रजप कार्यक्रमका लागि सुरक्षित राखिने समितिले जनाएको छ । 

गत चैत्र १० गतेदेखि १२ गतेसम्म सञ्चालित मन्त्रजप कार्यक्रममा प्रमुख लामा क्याब्जे दिल्गो खेन्चे याङसी रिन्पोछेको उपस्थिति रहेको थियो । यसअघिका मन्त्रजप कार्यक्रममा अन्तिम दिनमात्रै प्रमुख लामाको उपस्थिति रहेको थियो भने यसवर्ष ३ दिननै प्रमुख लामाको उपस्थिति रहेको थियो । तीन दिन सम्म जारी कार्यक्रममा आर्य–अवलोकितेश्वोर, आर्य तारा, आर्य मन्जुश्रीको मन्त्रको आगम, धर्म देशना तथा आयु अभिषेक सँगै प्रवचन गरिएको मूल आयोजक समितिको भनाई छ । विश्व शान्ति र मानव एकताका लागि आयोजित मन्त्रजप कार्यक्रममा ताप्लेजुङ सहित पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, काठमाडौँ, लगायतको जिल्लाबाट भक्तजनको उपस्थिति रहेको  आयोजकले जनाएको छ । ताप्लेजुङमा वि. सं. २०७३ सालबाट मन्त्रजप कार्यक्रमको प्रारम्भ भएको हो । 

कुन शीर्षकको खर्च कति ?
समितिले सबैभन्दा बढी खर्च स्टेज तथा कार्यक्रम स्थल व्यवस्थापनका लागि १२ लाख ९६ हजार १ सय ७१ रुपैयाँ खर्च गरेको छ । गत वर्षहरूमा अस्थायी संरचना बनाई कार्यक्रम गर्दै आएकोमा यसवर्ष भने स्थायी संरचना निर्माण गर्नेक्रममा झण्डै १३ लाख रुपैयाँ खर्च हुन पुगेको सचिव शेर्पाले बताउनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिका ९ हाङदेवाका वडाध्यक्ष लक्षुमन गुरुङले १० वर्षको लागि निःशुल्क रुपमा मन्त्रजप कार्यक्रम गर्न खाली जग्गा उपलब्ध गराउनु भएकाले सो क्षेत्रमा एक दशक सम्म पुन संरचना निर्माण गर्न नपर्ने गरी स्टेज लगायतका संरचनाहरू बनाइएको छ । 

यातायात तथा सामाग्री ढुवानीका लागि ३ लाख ५ हजार ९ सय, खाना खाजा व्यवस्थापनमा ८ लाख ७६ हजार ८ सय १०, होटल व्यवस्थापनमा २ लाख ५ हजार ७ सय २० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । यस्तै साउण्ड सिस्टम तथा प्रचारप्रसारमा १  लाख २५ हजार, लामा गुरुहरूको व्यवस्थापनका लागि ५ लाख ३० हजार २ सय ३० र कुक टोली तथा सरसफाइमा १  लाख ५७ हजार खर्च भएको जनाइएको छ । पुजा तथा अन्य सामाग्री खरिदका लागि २ लाख ४३ हजार ४ सय ८० रुपैयाँ, प्रिन्टिङ–प्रेसका लागि ६६ हजार ७ सय र कार्यालय व्यवस्थापनका निम्ति ३० हजार २ सय रुपैयाँ खर्च भएको छ । 

कहाँबाट कत्ति आम्दानी ?
समितिसँग गतवर्षको कार्यक्रमबाट करिब साढे ३७ लाख बढी रकम बचत भएको थियो । यसवर्षको मन्त्रजप कार्यक्रमबाट ३० लाख ९२ हजार ८ सय ९८ रुपैयाँ मात्रै आम्दानी भएको छ । माङज्या मार्फत २ लाख २५ हजार ७ सय ३० रुपैयाँ, गुरु दर्शनमार्फत ५४ हजार ९५, रिङसेल दर्शनबाट १५ हजार ८ सय ६०, काठमाडौँबाट ५ लाख ५९ हजार ९ सय २५ प्राप्त भएको समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । त्यस्तै बैङ्किङ कारोबार अन्तर्गत चेक तथा मोबाइल बैंकिङ, कनेक्ट आईपिएस, फोन पेको माध्यमबाट १ लाख ९६ हजार ६  सय ५१ रुपैयाँ प्राप्त भएको छ । ४ लाख ८८ हजार १ सय २२ रुपैयाँ गुम्बा विकास समिति काठमाडौँबाट प्राप्त हुँदा गाउँघरबाट र पुजा स्थानबाट १५ लाख ४ हजार ५ सय १५ रुपैयाँ संकलन भएको छ । फुङलिङ नगरपालिकाले प्रतिबद्धता गरेअनुसारको ४८ हजार भने समितिको खातामा आउन बाँकी रहेको बताइएको छ  

यस वर्ष कम दक्षिणा संकलन 
गत वर्ष सम्पूर्ण खर्च गरी साढे ३७ लाख बचत गरेको समितिले यस वर्ष करिब साढे ३० लाख ९२ हजार मात्र दक्षिणा संकलन गरेको छ । यस वर्ष संकलन भएको रकमभन्दा बढी खर्च भएको छ । सङ्कलित रकमभन्दा ७ लाख ४४ हजार बढी रकम खर्च भएको छ । गत वर्षको कार्यक्रमका लागि दान तथा दक्षिणा संकलनका गाउँ–गाउँसम्मनै सहयोग रसिद पठाइएको तर यसवर्ष सो कार्य नगरिएकाले कम मात्रै रकम संकलन भएको सचिव शेर्पाले बताउनुभयो । 

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  २ : ११ बजे

ताप्लेजुङमा लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिबन्धित लागू औषध खैरो हेरोइन सहित दुई

नारायणी नदीमा बन्ने ‘सिग्नेचर’ पुलको प्रधानमन्त्रीद्वारा शिलान्यास

सुलभ रिजाल चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन नारायणगढको नारायणी नदीमा

 ताप्लेजुङ पर्यटन महोत्सव : नगर सरसफाइ कार्यक्रम सम्पन्न

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवका लागि तयारी

ताप्लेजुङ पर्यटन महोत्सव : नगर सरसफाइमा भेला हुन आह्वान

ताप्लेजुङ । आगामी जेठ ३ देखि ७ गते सम्म सञ्चालन

ऐतिहासिक मदन मेला जेठ १३ देखि सञ्चालन हुने 

 तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा ऐतिहासिक मदन मेला सञ्चालन हुने