नक्कली सुन बेच्ने भारतीय पक्राउ



झापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एक जना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी–४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गिरीले बिर्तामोडको शनिश्चरे रोडमा बुद्धशान्ति २ की ४५ वर्षीया सविता सिटौलालाई ६० हजार रुपियाँमा काँचो सुन दिन्छु भनी सिटौलाबाट ललाइफकाई ६० हजार रुपियाँ लिएका थिए । बिस्कुटजस्तो आकार देखिने नक्कली सुन (टिल) दिई ठगेको भन्दै सिटौलाले इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराउनासाथ प्रहरीले गिरीलाई शनिश्चरे रोडबाट सोमबार पक्राउ गरेको हो ।

गिरीलाई आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 7:17 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य