पाथीभरामा जिल्ला समन्य समिति महासङ्घ कोशी प्रदेश समितिको बैठक सम्पन्न, जनस्वास्थ्य सेवा ऐन खारेज गर्न माग



ताप्लेजुङ । जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिले प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० खारेज गर्न माग गरेको छ । ताप्लेजुङस्थित तीन हजार ७९४ मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा सम्पन्न महासङ्घ प्रदेश समितिको बैठकले जनस्वास्थ्य ऐन खारेज गर्नुपर्ने माग लगायत विभिन्न निर्णय गरेको हो ।

जिल्ला समन्य समिति महासङ्घ कोशी प्रदेश समितिको सोमबार सम्पन्न बैठकले कायम रहँदै आएको जिससको अधिकार कटौती गर्दै जनघाती जनस्वास्थ्य सेवा ऐन ल्याएको भन्दै खारेज गर्नुपर्ने माग गरेको छ । अध्यादेशमार्फत कोशी प्रदेश सरकारले जनस्वास्थ्य ऐन जारी गरी जिससको अधिकारक्षेत्र खोस्ने कुचेष्टा गरेकोभन्दै तत्काल खारेज नगरिए सशक्त आन्दोलन गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

यस्तै, पाथीभरामा निर्माण प्रस्ताव गरिएको केवलकार निर्माण हुनुपर्ने र केवलकार परियोजनाको विरोध गर्दै आएको पक्षलाई अवरोध नगर्न पनि महासङ्घले आग्रह गरेको छ । जिल्ला समन्वय समितिलाई दिने अनुदान रकम बढाई प्रत्येक जिससलाई वार्षिक कम्तिमा ५० लाख रुपियाँ अनुदान उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न पनि बैठकले माग गरेको छ ।

विभिन्न प्रशिक्षण तथा आर्थिक सहयोग, बैठकलगायतका कार्यक्रममा जानुपर्ने, सवारी साधन मर्मतसम्भार लगायतमा खर्च बढी आउने र अन्य जनहितका कामका लागि रकम अपुग हुने भएकाले जिससलाई दिने अनुदान रकम बढाउन माग गर्नुपरेको समितिले जनाएको छ । यसैगरी बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाका जिससकातर्फबाट प्रत्येक जिल्लाबाट ५० हजार रुपियाँका दरले रकम सङ्कलन गरी प्रदेशमा कोष खडा गर्ने निर्णय पनि गरेको छ ।

जिसस महासङ्घ कोशी प्रदेश समितिले प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाथीभरा ९मुक्कुमलुङ० को विकास, प्रवद्र्धन र प्रचारप्रसारका लागि १४ वटै जिल्लाबाट आवश्यक पहल तथा भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ । त्यस्तै प्रदेश समितिको पाँचौ बैठक सम्पन्न गर्नमा सहयोग पु¥याउने पाथीभरा क्षेत्र विकास समिति, फुङ्लिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतलाई महासङ्घले धन्यवाद ज्ञापन गरेको छ ।

प्रदेश समिति अध्यक्ष एवम् भोजपुर जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो । मोरङ र संखुवासभाबाहेक सबै जिल्लाबाट बैठकमा सहभागी बन्नुभएको प्रदेश समिति उपाध्यक्ष एवम् जिल्ला समन्य समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो ।

पाथीभरा धाम परिसरमा भएको बैठकको उद्घाटनमा जिसस महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद निरौला, जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राई, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, पत्रकार चन्द्र पन्दाक ९प्रयास० लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।gorkhapatraonline.com

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ५१ बजे

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कोशी प्रदेश । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा

संसद् अवरोधले नेपाली कांग्रेसलाई नै फाइदा नहुने योगेश भट्टराईको भनाई

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई

सुनको भाउ घट्यो

काठाडौं । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा

विराटनगर । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै

कोशीमा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गर्दै

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दाबी