२०८० साल सुनचाँदी इतिहासकैलागि रेकर्ड वर्ष बन्यो । वर्षभरी जसो नै बढेको सुनको मूल्य अन्तिम दिनसम्ममा प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुग्यो ।
विश्व बजारमा सुनको मूल्यले कीर्तिमान बनाइरहेको छ । बजारमा सुन र चाँदीको भाउ ह्वात्तै बढेको छ । सुनको भाउले रेकर्ड कायम गरिरहेको छ भने चाँदीको भाउ तीन वर्षयताकै उच्च रहेको छ । भूराजनीतिक तनाव बढिरहेका कारणले पनि सुनचाँदी बजारमा यसको असर परेको छ ।जसकारण सुन र चाँदीलाई लगानीकर्ताहरूले यतिबेला सुरक्षित लगानी मानिरहेका छन् । फलस्वरूप सुनचाँदीको बलियो माग भइरहेको छ र भाउ महंगिएको छ।
सुन पछिल्लो पटक जून महिनामा ३४.९० डलरले बढेर प्रतिअउन्स २,४०८ डलरमा कारोबार भएको थियो। चाँदी भने मे महिनामा पछिल्लो समय ०.७८५ डलरले बढेर २९।०३ डलरमा खरिदबिक्री भएको थियो।
बजारमा यो साता पनि गत साता जस्तै सुनचाँदीको मुल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन प्रति अउन्स २ हजार ३९३ डलर बराबरमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी रिजर्ब बैंकको नीतिका कारण बढिरहेको सुनको मूल्यले गति रोकेको छैन । यस्तै, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुतीले पनि भाउ बढ्नमा टेवा पुगिरहेको छ ।
यसैगरी, गत साता इजरायलले इरानमाथि हवाइ आक्रमण गरेपछि अब इरानले पनि इजरायलमाथि अर्को आक्रमणको तयारी गरिरहेको छ । सोहि बीचमा इरानले बदला लिने धम्की पनि दिएको छ । इरानले महत्त्वपूर्ण विश्वव्यापी ढुवानी मार्ग, होर्मुजको महत्त्वपूर्ण जलमार्ग अवरुद्ध गर्न सक्छ। अर्कोतर्फ, रूस–युक्रेनको युद्ध अझै चर्किरहेको छ । सोहि द्वन्द्वले पनि सुनको भाउ घट्न दिइरहेको छैन ।
यसकासाथै, चिनले सुनमा लगानी बढाएको छ । चिनियाँ सुनको ईटीएफले मार्चको अन्त्यदेखि ४०५ माथि ठूलो प्रवाह देखेको छ। विश्लेषकहरूका अनुसार चिनियाँ लगानीकर्ताहरू अहिले सुरक्षित सम्पत्तितर्फ दौडिरहेका छन् किनभने उनीहरूको सम्पत्ति क्षेत्र निरन्तर ओरालो लागेको छ । यस्तै, चिनियाँहरूको इक्विटी बजार पनि केहि राम्रो भएको छ। एद्ययऋ ले मुद्रालाई प्रति डलर ७।१ मा स्थिर गर्न जारी राखेकाले चीनको युआन दबाबमा रहेको छ । केन्द्रीय बैंकले पनि सुनको भाउ घटाउने गरेको बताइएको छ ।
यी सबै कारणले पनि सुनको मुल्य उचाइमा पुगेको बिश्लेषकहरुले बताएका छन्। मुल्य उचाइमा पुगिरहँदा ठूला बैंकहरु आफ्नो पुर्व प्रक्षेपण नै फेर्न बाध्य भएको उनीहरूको भनाइ रहेको छ ।
विश्व बजारमा सुनको भाउ बढेकाले नै नेपाली बजारमा पनि यसको प्रभाव परेको हो । अन्तरराष्ट्रिय बजारकै मूल्य अनुसार नेपालमा सुनचाँदीको भाउ तोकिने गरिएको छ ।
एक वर्षमा २९ हजारले महंगियो सुन, रेकर्डमाथि रेकर्ड कायम
२०८०को वैशाख १ गते, सुन प्रतितोला एक लाख १० हजार रूपैयाँ तोकिएको थियो । जेठ १ गते, सुन तोलाको एक लाख ११ हजार रूपैयाँ पुगेको थियो । त्यसको एक महिनापछि असार १ गते, सुन प्रतितोला एक लाख ११ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, सुनको भाउ बढ्ने क्रममा साउनको पहिलो दिन भने सुन तोलाको एक लाख १२ हजार २०० रूपैयाँ पुगेको थियो । तर भदौ महिनाको १ गते भने सुनको भाउ घटेर प्रतितोला एक लाख १० हजार ४०० रूपैयाँमा झरेको थियो ।
त्यस्तै, असोज १ गते प्रतितोला १२ हजार ५०० रूपैयाँमा कारोबार भएको सुनको भाउ कात्तिकमा झन् बढेर तोलाको एक लाख १३ हजार २०० रूपैयाँ पुगेको थियो । त्यसपछि पनि सुनको भाउ बढ्ने क्रम रोकिएन । विवाहको सिजन मंसिरको पहिलो दिन सुन प्रतितोला एक लाख १५ हजार ५०० रूपैयाँको उचाइमा पुग्यो ।
यसैगरी,मंसिर महिनाभरजसो बढेको सुनको मूल्य पुषको पहिलो दिन एक लाख १७ हजार ८०० रूपैयाँमा खरिदबक्री भयो । माघ १ गते, सुन महंगिएर तोलाको एक लाख १९ हजार ५०० रूपैयाँसम्म पुग्यो ।
तर फागुन १ गते सुन प्रतितोला एक लाख १७ हजार ७०० रूपैयाँ तोकिएको थियो । जुन ह्रवात्तै बढेर फागुनको अन्तिम दिनसम्म आइपुग्दा एक लाख २५ हजारको रेकर्डस्तरमा पुग्यो।
२०८०को अन्तिम महिना भने सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर किनबेच भयो । यस महिनाको पहिलो दिन नै सुन प्रतितोला एक लाख २५ हजार ८०० रूपैयाँ कायम भएको थियो । तर त्यसपछिका दिनमा सुनको मूल्य लगातार बढिरह्यो र अन्तिम दिन अर्थात् चैत ३० गतेसम्ममा एक लाख ३९ हजार रूपैयाँमा खरिदबिक्री भयो । यो नेपाली सुन इतिहासकै महंगो मूल्य हो ।
प्रतिक्रिया