पाथीभरामा संकलन गरि गणना गरिएको चैत्र महिनाको भेटी रकम सार्वजनिक 



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले चैत्र महिनामा गणना गरिएका भेटी रकम सार्वजनिक गरेको छ । समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धता अनुसार नै भेटी रकम सार्वजनिक गरेको हो । 

चैत्र महिना अवधि भरीमा ७५ लाख बढी भेटी गणना गरी बिभिन्न बैँकमा जम्मा गरिएको विवरण सार्वजनिक गरिएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार ७५ लाख ७ हजार १ सय ५० रुपैयाँ भेटी विभिन्न मितिमा गणना गरी बैँकमा जम्मा गरिएको हो । 

३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले  संकलन  तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ । समितिको कार्यकारी निर्देशकमा हाङबाङ नियुक्त भएसँगै हरेक महिना भेटीको विवरण सार्वजनिक गर्ने कार्यले निरन्तरता पाएको हो ।

यस्तै लिलामीका लागि राखिएको सुन तथा चाँदीमा कसैका पनि आवेदन नपरेको समितिले जनाएका छ । आवेदन नपरेपछि पुन लिलामीका लागि दोश्रो पटक सूचना जारी गर्ने तयारी भइरहेको समेत निर्देशक हाङबाङको भनाई छ । 

मन्दिरमा संकलन भएको सुन तथा चाँदीलाई रिफाइन गरी बजारभाउ अनुसार लिलामी गरी प्राप्त नगदबाट पाथीभराको विकासका निम्ति खर्च गर्ने समितिको निर्णय अनुसार नै लिलामीको प्रक्रिया अगाडि बढाइएको थियो । १ सय ७२ तोला ८२ लाल सुन र ५ हजार तोला बढी चाँदी लिलामीमा राखिएको थियो ।

प्रकाशित मिति : 12:46 pm

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५

फुङलिङको बजेट ७९ करोड १२ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक

सिरिजङ्घाको बजेट ६० करोड ४२ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आर्थिक वर्ष