थिङलाबुमा ५ दिने उद्घोषण भाषणकला तथा नेतृत्व विकास तालिम सम्पन्न 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. १ थिङलाबुमा ५ दिने उद्घोषण भाषणकला तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । गत चैत्र २५ गतेबाट सुरु भएको उक्त तालिम विहीबार सम्पन्न भएको हो । 

नेपाल शेर्पा संघ मेरिङदेन गाउँपालिका वडा नं. १ कार्य समितिको आयोजनामा साङा छ्यालीङ गुम्बामा तालिम सम्पन्न भएको शेर्पा संघ मेरिङदेन १ का सचिव अनिल शेर्पाले जानकारी दिनु भएको छ । उहाँका अनुसार उक्त ५ दिने तालिममा जम्मा २७ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । 

तालिमको पहिलो दिन नेपाल शेर्पा संघ जिल्ला कार्य समिति अध्यक्ष पासाङ रिता शेर्पाले प्रशिक्षण दिनुभएको थियो । यस्तै दोस्रो दिन शेर्पा संघ मेरिङदेन गाउँपालिकाका सह सचिव पेम्बा शेर्पाले प्रशिक्षण दिनुभएको थियो भने, तेस्रो दिन सञ्चारकर्मी तथा रेडियो काबेलीका प्राविधिक प्रमुख तेन्जीङ शेर्पाले प्रशिक्षण दिनुभएको अनिल शेर्पाले जानकारी दिनुभयो । 

यस्तै चौथो र पाँचौ दिन नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति सदस्य अनिल शेर्पा, मेरिङदेन गाउँपालिका १ नं. वडा सचिव सुशील श्रेष्ठ र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र मेरिङदेन गाउँपालिकाका अध्यक्ष मिङमा तेम्बा शेर्पाले प्रशिक्षण दिनुभएको हाम्रो सम्वाददाता पेम्बा शेर्पाले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 12:39 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई