थिङलाबुमा ५ दिने उद्घोषण भाषणकला तथा नेतृत्व विकास तालिम सम्पन्न 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. १ थिङलाबुमा ५ दिने उद्घोषण भाषणकला तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । गत चैत्र २५ गतेबाट सुरु भएको उक्त तालिम विहीबार सम्पन्न भएको हो । 

नेपाल शेर्पा संघ मेरिङदेन गाउँपालिका वडा नं. १ कार्य समितिको आयोजनामा साङा छ्यालीङ गुम्बामा तालिम सम्पन्न भएको शेर्पा संघ मेरिङदेन १ का सचिव अनिल शेर्पाले जानकारी दिनु भएको छ । उहाँका अनुसार उक्त ५ दिने तालिममा जम्मा २७ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । 

तालिमको पहिलो दिन नेपाल शेर्पा संघ जिल्ला कार्य समिति अध्यक्ष पासाङ रिता शेर्पाले प्रशिक्षण दिनुभएको थियो । यस्तै दोस्रो दिन शेर्पा संघ मेरिङदेन गाउँपालिकाका सह सचिव पेम्बा शेर्पाले प्रशिक्षण दिनुभएको थियो भने, तेस्रो दिन सञ्चारकर्मी तथा रेडियो काबेलीका प्राविधिक प्रमुख तेन्जीङ शेर्पाले प्रशिक्षण दिनुभएको अनिल शेर्पाले जानकारी दिनुभयो । 

यस्तै चौथो र पाँचौ दिन नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति सदस्य अनिल शेर्पा, मेरिङदेन गाउँपालिका १ नं. वडा सचिव सुशील श्रेष्ठ र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र मेरिङदेन गाउँपालिकाका अध्यक्ष मिङमा तेम्बा शेर्पाले प्रशिक्षण दिनुभएको हाम्रो सम्वाददाता पेम्बा शेर्पाले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 12:39 pm

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका