ओलीद्वारा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन



ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालयको भवन उद्घाटन भएको छ । आज एक समारोहका साथ ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा पार्टी कार्यालयको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो । 

करिब तीन करोड २५ लाख बढीको लागतमा निर्माण भएको भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्‍याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने बताउँनुभयो । साथै सोही अनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उहाँको भनाई थियो । 

यस्तै उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले विकास निर्माणमा कसैले पनि अवरोध गर्न नहुने बताउँनु भएको छ । उहाँले नेकपा एमाले सँधै विनाशको पक्षमा नभइ केवल सभ्यता, संस्कृति र पहिचानको पक्षमामा भएको बताउनुभएको छ । 

 भवनको उद्घाटन अघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुंगोला पुग्नुभएको थियो । हेलिकोप्टरमार्फत त्यहाँ पुग्नुभएका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकन समेत गर्नुभएको थियो । ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, रक्षा मन्त्री हरि प्रसाद उप्रेती साथै पार्टीका केन्द्रिय तहका नेताहरूको समेत उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १५:३५

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो