ओलीद्वारा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन



ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालयको भवन उद्घाटन भएको छ । आज एक समारोहका साथ ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा पार्टी कार्यालयको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो । 

करिब तीन करोड २५ लाख बढीको लागतमा निर्माण भएको भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्‍याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने बताउँनुभयो । साथै सोही अनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उहाँको भनाई थियो । 

यस्तै उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले विकास निर्माणमा कसैले पनि अवरोध गर्न नहुने बताउँनु भएको छ । उहाँले नेकपा एमाले सँधै विनाशको पक्षमा नभइ केवल सभ्यता, संस्कृति र पहिचानको पक्षमामा भएको बताउनुभएको छ । 

 भवनको उद्घाटन अघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुंगोला पुग्नुभएको थियो । हेलिकोप्टरमार्फत त्यहाँ पुग्नुभएका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकन समेत गर्नुभएको थियो । ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, रक्षा मन्त्री हरि प्रसाद उप्रेती साथै पार्टीका केन्द्रिय तहका नेताहरूको समेत उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति : 3:35 pm

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी