स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको सुझाव



ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई संगठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिनुभएको छ । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रूपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उहाँले सुझाव दिनुभएको हो ।

आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उनले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी संगठनमा लाग्नुपर्ने बताउनुभयो ।

आफू र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्‍याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोही अनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने बताउनुभयो । करिब तीन करोड २५ लाख बढीको लागतमा निर्माण भएको भवनको उद्घाटन अघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुंगोला पुग्नुभएको थियो । हेलिकोप्टरमार्फत त्यहाँ पुगेका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकन समेत गर्नुभएको छ ।

यस्तै, उहाँले विराटनगरको रानी भन्सारबाट धनकुटा मूलघाट हुँदै ओलाङचुङ्गोला–टिपताला जोड्ने सडकको ट्र्याक खुलेसँगै बुधबार साँझ ओलाङचुङगोलामा पहिलो पटक सदरमुकाम तर्फबाट पुगेका सवारी साधनका चालकलाई सम्मान समेत गर्नुभएको थियो ।

प्रकाशित मिति : 2:31 pm

ताप्लेजुङ गोल्डकप : सातदोबाटो र डिफेन्डिङ च्याम्पियन सलहेशको भिडन्त

ताप्लेजुङ, भदौ १४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर सेमिफाइनलमा

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : चित्लाङ र पाँचथरबीच प्रतिस्पर्धा हुँदै

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उद्घाटन खेलमा आयोजक र भारतबीच प्रतिष्पर्धा हुने

ताप्लेजुङ, भदौ १२ गते । शुक्रबारबाट सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण

भोटेकोशी नदीमा ताप्लेजुङका पाँच जना बेपत्ता 

ताप्लेजुङ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान