पाथिभरा क्षेत्रमा सबै इच्छुक व्यावसायीहरूले होटल खोल्न पाउने व्यवस्था गराइदिन होटल व्यवसायी महासंघको माग



ताप्लेजुङ । होटल व्यवसायी महासंघ ताप्लेजुङले पाथिभरा क्षेत्रमा सबै इच्छुक व्यावसायीहरूले होटल खोल्न पाउने व्यवस्था गराइदिन माग गरेका छन् । आज फुङलिङ नगरपालिका नगर प्रमुख अमिर मादेन समक्ष एक ज्ञापन पत्र बुझाउदै उक्त माग राखेका हुन् ।

फुङलिङ नगरपालिका वडा नं. १० र ११ मा पर्ने पाथिभरा क्षेत्र फेदीमा रहेको सार्वजनिक तथा सामुदायिक वन क्षेत्रमा हाल होटलहरु सञ्चालनमा रहेका छन् । उक्त स्थानमा व्यवसाय सञ्चालन गर्नका लागि सीमित व्यवसायिहरुलाई जसरी होटल सञ्चालन गर्न दिइएको छ त्यसरी नै सबैले सञ्चालन गर्न पाउनु पर्ने माग राखेका छन् । 

कानुन बमोजिम नभए थप कानुन निर्माण गरी मापदण्ड तोकेर सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार सबै इच्छुक व्यावसायीहरूले खुल्ला प्रतिष्पर्धा मार्फत दुर्लभ वन्यजन्तु रेडपान्डा र राष्ट्रिय फुल लालिगुराँसको संरक्षण गर्दै व्यवसाय सञ्चालन गर्न पाउने माग राखेको होटल व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष दिनेश खवासले बताउनुभयो । 

यदि व्यवसाय सञ्चालन गर्न नमिल्ने भए सोही बमोजिम नियम कार्यन्वयन गर्न उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : 2:19 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन