ताप्लेजुङमा गोलिया सहित चार ट्रयाक्टर सशस्त्र प्रहरीले लियो नियन्त्रणमा



ताप्लेजुङ । ताप्लेजुङस्थित सशस्त्र प्रहरीको नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट खटिएको टोलीले टाँचा नलगाएको र विलबिजक नभएको गोलिया सहितका चारवटा ट्रयाक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय ताप्लेजुङलाई बुझाएको छ ।

सशस्त्र प्रहरी वल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन सिलवालका अनुसार अन्दाजी दुईसय क्युविक फिट उतिसको काठ सहित ४ वटा ट्रयाक्टर नियन्त्रणमा लिईएको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक दिलिप श्रेष्ठको नेतृत्वमाा खटिएको ११ जनाको पैदल गस्ति टोलीले गोलिया बोकी दोखुतर्फ जाँदै गरेका ट्रयाक्टरलाई शंका लागि चेकजाँच गर्दा टाँचा नलगाएको र विलबिजक नभएको अवस्थामा भेटेपछि नियन्त्रणमा लिई डिभिजन वन कार्यालयलाई बुझाएको समेत सशस्त्र प्रहरी नायव उपरीक्षक सिलवालले जानकारी दिनुभयो ।

चालकहरु फरार रहेको समेत सशस्त्र प्रहरीले जनाएको छ । eujyalopost.com

प्रकाशित मिति : 12:35 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी