ताप्लेजुङमा गोलिया सहित चार ट्रयाक्टर सशस्त्र प्रहरीले लियो नियन्त्रणमा



ताप्लेजुङ । ताप्लेजुङस्थित सशस्त्र प्रहरीको नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट खटिएको टोलीले टाँचा नलगाएको र विलबिजक नभएको गोलिया सहितका चारवटा ट्रयाक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय ताप्लेजुङलाई बुझाएको छ ।

सशस्त्र प्रहरी वल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन सिलवालका अनुसार अन्दाजी दुईसय क्युविक फिट उतिसको काठ सहित ४ वटा ट्रयाक्टर नियन्त्रणमा लिईएको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक दिलिप श्रेष्ठको नेतृत्वमाा खटिएको ११ जनाको पैदल गस्ति टोलीले गोलिया बोकी दोखुतर्फ जाँदै गरेका ट्रयाक्टरलाई शंका लागि चेकजाँच गर्दा टाँचा नलगाएको र विलबिजक नभएको अवस्थामा भेटेपछि नियन्त्रणमा लिई डिभिजन वन कार्यालयलाई बुझाएको समेत सशस्त्र प्रहरी नायव उपरीक्षक सिलवालले जानकारी दिनुभयो ।

चालकहरु फरार रहेको समेत सशस्त्र प्रहरीले जनाएको छ । eujyalopost.com

प्रकाशित मिति : 12:35 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन