पाथीभरा मन्दिरमा केबलकार निर्माण हुनु पर्छ भन्दै फुङलिङमा आज बृहत् नागरिक र्‍याली हुने



ताप्लेजुङ । पाथीभरा मन्दिरमा केबलकार निर्माण हुनु पर्छ भन्दै ताप्लेजुङको सदरमुकाम फुङलिङमा आज बृहत् नागरिक र्‍यालीको आयोजना हुने भएको छ । ताप्लेजुङ जिल्लाको विकास, समृद्धी र पहिचानका लागि पनि केबलकार निर्माण आवश्यक रहेको भन्दै बृहत् नागरिक र्‍यालीको आयोजना हुने भएको हो ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा आज उक्त कार्यक्रम हुने र्याली संयोजक राजेन्द्र अन्छङ्बोले जानकारी दिनुभएको छ । उहाँका अनुसार बृहत् र्‍यालीमा जिल्लाका सबै जात–जाती, राजनीतिक दल, नागरिक समाज, बद्धिजीवि, स्थानीय जनप्रतिनिधि, सामाजिक र जातीय तथा धार्मीक संघ–संस्थाका प्रतिनिधि, शिक्षक, उद्योगी, व्यापारी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहनेछ ।

सदरमुकाम स्थित सामुदायिक भवन (सिटिहल) मा विहान ११ बजे सबै भेला भएर र्‍याली सुरु गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 12:54 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो