पाथीभरा मन्दिरमा केबलकार निर्माण हुनु पर्छ भन्दै फुङलिङमा आज बृहत् नागरिक र्‍याली हुने



ताप्लेजुङ । पाथीभरा मन्दिरमा केबलकार निर्माण हुनु पर्छ भन्दै ताप्लेजुङको सदरमुकाम फुङलिङमा आज बृहत् नागरिक र्‍यालीको आयोजना हुने भएको छ । ताप्लेजुङ जिल्लाको विकास, समृद्धी र पहिचानका लागि पनि केबलकार निर्माण आवश्यक रहेको भन्दै बृहत् नागरिक र्‍यालीको आयोजना हुने भएको हो ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा आज उक्त कार्यक्रम हुने र्याली संयोजक राजेन्द्र अन्छङ्बोले जानकारी दिनुभएको छ । उहाँका अनुसार बृहत् र्‍यालीमा जिल्लाका सबै जात–जाती, राजनीतिक दल, नागरिक समाज, बद्धिजीवि, स्थानीय जनप्रतिनिधि, सामाजिक र जातीय तथा धार्मीक संघ–संस्थाका प्रतिनिधि, शिक्षक, उद्योगी, व्यापारी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहनेछ ।

सदरमुकाम स्थित सामुदायिक भवन (सिटिहल) मा विहान ११ बजे सबै भेला भएर र्‍याली सुरु गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 12:54 am

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि