ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको रमितेमा एक घर जलेर नष्ट, एघार लाख ६० हजार क्षति



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ रमितेमा एक घर जलेर नष्ट भएको छ । आज बिहान १० बजेको समयमा हर्क बहादुर थापाको ढुङ्गा माटो र काठले बनेको फुसको छानो भएको २ तले घर जलेर नष्ट भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलिका अनुसार घरमा खाना पकाउने चुलोबाट आगलागी भएको हो । आगलागीको खबर आउनसाथ अस्थाई प्रहरी चौकी  फूलबारीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली खटिएको उहाँले जानकारी दिनुभयो । 

आगो स्थानीय बासी र प्रहरीको सहयोगमा दिनको १२ः०० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको उहाँको भनाई छ । उक्त आगलागीबाट घरसँगै घर भित्र रहेको लत्ता कपडा, भाडा बर्तन, अन्नपात, नगद रकम ३० हजार सहित २ तोला सुन पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय तथा चौपाया भने क्षति नभएको बताइएको छ । 

प्रहरीका अनुसार आगलागीबाट जम्मा एघार लाख ६० हजार बराबरको क्षति भएको छ ।  

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार १२:०९

गैर सरकारी संस्था महासंघ ताप्लेजुङको अध्यक्षमा खड्गविक्रम सुबेदी

एलिना दियालीताप्लेजुङ । गैर सरकारी संस्था महासंघ ताप्लेजुङको अध्यक्षमा खड्गविक्रम

फुन्छिन्देन साम्याङ्वा महिला समुह मैवाखोलाद्धारा देउसी भैली कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । फुन्छिन्देन साम्याङ्वा महिला समुह मैवाखोला गाउँपालिका वडा

नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङद्धारा नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान

रेडियो कोबेलीताप्लेजुङ । नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङद्धारा नेपाल

ताप्लेजुङको तेल्लोकका युवा भीरमा मृत भेटिए

ताप्लेजुङको तेल्लोकका युवा भीरमा मृत भेटिए ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका

फक्ताङलुङ गाउँपालिकामा कात्तिक २६ गते देखि निशुल्क दन्त शिविर हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा यही कात्तिक २६ गते