इटहरी गोल्ड कप : उपाधिका लागि चर्च ब्वाइज र आर्मीसँग भिड्दै



धरान । १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

इटहरी रंगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिडने पक्का भएको हो। चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो। यो टोली इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता हो।

चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ८९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारेका छन्। उपाधिका निम्ति भोलि चर्च ब्वाइज र आर्मीबीच स्पर्धा हुनेछ।

गत बुधबार राति त्रिभुवन आर्मी साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। फाइनलमा जित्नेले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछन्।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ०१:१७

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक