आजदेखि नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला



नेपालको ए टोली र आयरल्यान्डको ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आज शुरु हुँदैछ । तीन खेलको टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेल आज दिउँसो २ बजे हुँदैछ ।

यस्तै दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । हिजोदेखि शुरु हुने भनिएको प्रतियोगिताको पहिलो खेल वर्षा पछि मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो ।

यसैगरी नेपालको ए टोली र आयरल्यान्डको ए टोलीबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ । आयरल्यान्ड ए टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।

प्रकाशित मिति : 1:05 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो