आज यी स्थानमा दिनभर पानी पर्ने



काठमाडौं उपत्यकासहित बाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, चितवन, गोरखा लगायतका जिल्लाहरुमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको कालिखोलामा ५१ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५० मिलिमिटर पानी परेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो पनि कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पश्चिमका केही ठाउँमा पनि पानी पर्न सक्ने उहाँले बताउनुभयो । अझै तीन दिनसम्म देशभर बदली र धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अघिल्लो हप्ताको बुधवारदेखि नै वर्षा र बदली भैरहेको हो ।

प्रकाशित मिति : 12:50 am

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा